प्रसाईंको जवाफ : आरजुसँग अढाई वर्षअघि भेटेको फोटो अहिले भाइरल बनाइदिए « Khabarhub

प्रसाईंको जवाफ : आरजुसँग अढाई वर्षअघि भेटेको फोटो अहिले भाइरल बनाइदिए


१३ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


537
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सर्वोच्च अदालतको आदेशपछि रिहा भएका बीएन्डसी मेडिकल कलेजका मालिक एवम् हिन्दु धर्म अभियन्ता दुर्गा प्रसाईंले नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणासँगको फोटोबारे स्पष्टीकरण दिएका छन् ।

बुधबार जिल्ला प्रहरी परिसरबाट छुटेपछि उनले आरजु, नेता पूर्णबहादुर खड्कासहितको उक्त फोटो अढाई ववर्षअघिको भएको स्पष्टीकरण दिएका हुन् ।

‘अढाई वर्षअघि उहाँ परराष्ट्रमन्त्री भएका समयमा आरजु राणासँग भेट भएको हो । उहाँहरूले विदेशबाट युलियन्स स्कुलका लागि ल्याएको एफिलेशनबारे बुझ्न गएको थिएँ’, उनले भने, ‘अहिले आएर त्यो फोटो भाइरल गरेछन् । फोटो त प्रचण्ड, केपी, गिरिजाप्रसाद र प्रधानमन्त्री सुशीला कार्कीसँग पनि खिचेको छु । कसैसँग फोटो खिचेको कुराले कुनै मतलब राख्दैन ।’

तर केही सञ्चारमाध्यममा भने कांग्रेसका निवर्तमान सभापति देउवा पत्नी तथा कांग्रेस पूर्व केन्द्रीय सदस्य आरजु र प्रसाईंबीच चुनाव भाँड्ने योजनासहित भेट भएको जिकिर गरिएको थियो ।

फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन भाँड्नका लागि राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानको संयोजक प्रसाईंसँग राणाले गोप्य भेट गरेको जिकिरसहित समाचार आएका थिए । उनीहरूलाई कांग्रेसकाा पूर्वकार्यावाहक सभापति पूर्णबहादुर खड्काले भेटाएको बताइएको थियो ।

ती समाचारमा माघ ८ गते खड्कालाई भेट्न प्रसाईं उनको निवास पुगेका बताइएको थियो । चार दिनपछि प्रसाईं र राणाको भेटको मिति तय भएको दाबी गरिएको थियो ।

८ माघमा भएको भेटमा प्रसाइँ पहेँलो कलरको मोजा देखिने गरि लगाएर पुगेको तस्विरमा देख्न सकिन्छ । २६ जनवरी अर्थात माघ १२ गते पुन खड्काकै निवासमा आरजु राणा र प्रसाइँबीच भेटवार्ता भएको थियो ।

प्रकाशित मिति : १३ फाल्गुन २०८२, बुधबार  ३ : ३० बजे

अब पुनरुत्थानमा नमुना काम गर्नुपर्छः मन्त्री रावल

त्रिशूली– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा

त्रिशूली ३ ‘ए’ सुरुङभित्र उद्धारकर्मी र फसेकाबीच संवाद, एकभन्दा बढी व्यक्तिको आवाज सुनियो

काठमाडौं– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण

समर ट्रान्सफरमा चेल्सीको कीर्तिमानी कारोबार: ३९ खेलाडी बाहिरिँदा उठ्यो ५० करोड पाउन्ड

लन्डन – सन् २०२२ मेमा रुसी उद्योगपति रोमन एब्रोमोभिचको स्वामित्व

जलविद्युत् आयोजनाको सहयोगमा दुखुखोला पुल संरक्षण गरिने

म्याग्दी– बाढी र कटानको उच्च जोखिममा परेको म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत

त्रिशूली ३‘ए’ सुरुङभित्रबाट मानिसको आवाज, उद्धार तीव्र पारियो

काठमाडौं- भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको