तनहुँमा अवैध नदीजन्य पदार्थ उत्खनन : तीन सवारीसाधन नियन्त्रणमा « Khabarhub

तनहुँमा अवैध नदीजन्य पदार्थ उत्खनन : तीन सवारीसाधन नियन्त्रणमा


११ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

दमौली– तनहुँमा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा ढुवानी भइरहेको अवस्थामा प्रहरीले तीन वटा सवारीसाधन नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय साराङघाटबाट खटिएको प्रहरी टोलीले बन्दीपुर गाउँपालिका–६ बगरखोला क्षेत्रमा अवैध रूपमा गिट्टी ‘लोड’ गरिरहेको अवस्थामा आज सवारीसाधन नियन्त्रणमा लिएको हो । 

नियन्त्रणमा लिइएका सवारीसाधनमा लु१क ३२४१ नम्बरको जेसिबी, ग१क ५४४२ नम्बरको टिपर र ग१ख ७४३६ नम्बरको टिपर रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए । 

उक्त सवारीसाधनलाई आवश्यक कारबाहीका लागि बन्दीपुर गाउँपालिकाको कार्यालय पठाइएको उनले बताए। प्रहरीले अवैध उत्खनन तथा ढुवानी नियन्त्रण गर्न अनुगमनलाई थप कडाइ गरिनेसमेत जनाएको छ ।
 

प्रकाशित मिति : ११ चैत्र २०८२, बुधबार  १ : १२ बजे

ग्यास अभाव भएपछि अनुगमनमा निस्किए प्रहरी-प्रशासन

धनकुटा– धनकुटा बजारमा खाना पकाउने ग्यासको अभाव बढेपछि जिल्ला प्रशासन

विशेष महाधिवेशनका कारण पार्टी कमजोर भयो : प्रकाशमान सिंह

काठमाडौं– नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विशेष महाधिवेशनका कारण पार्टी

देवानगञ्ज तनावपछि धार्मिक झण्डा हटाउने सहमति, डिजे र माइकमा पनि कडाइ

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा साउन १० गते भएको दुई

एक वर्षमा एक करोड २० लाख बक्यौता उठ्यो

सङ्खुवासभा– नेपाल विद्युत् प्राधिकरण शाखा कार्यालय सङ्खुवासभाले उपभोक्ताबाट एक वर्षको