कांग्रेसको १५औँ महाधिवेशन असोजमा « Khabarhub

कांग्रेसको १५औँ महाधिवेशन असोजमा


११ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन आगामी असोजमा गर्ने निर्णय गरेको छ । 

पार्टी कार्यालय सानेपामा बुधबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले १५ औ महाधिवेशन आगामी असोज १६, १७ र १८ गते काठमाडौँमा गर्ने गरी मिति संशोधनसहित पारित गरेको हो । 

महाधिवेशन अन्तर्गत भाद्र ३ गतेबाट वडा अधिवेशन सुरु हुने कांग्रेसले जनाएको छ । यसअघि मंगलबारको बैठकमा सभापति गगनकुमार थापाले भदौमा महाधिवेशन गर्ने प्रस्ताव गरेको थियो । 

बैठकले महाधिवेशनको प्रक्रिया आरम्भ गर्दै यसका लागि वरिष्ठ अधिवक्ता प्रेम बहादुर खड्काको अध्यक्षतामा निर्वाचन समिति बनाइएको प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।

त्यस्तै बैठकले संविधान संशोधनका लागि पार्टीको नेतृत्वमा सर्वपक्षीय छलफल अघि बढाउने निर्णय समेत गरेको प्रवक्ता चालिसेले जानकारी दिए । 

त्यस्तै नयाँ बन्ने सरकारलाई सकारात्मक सहयोग गर्ने भन्दै प्रवक्ता चालिसेले सुशासन र प्रगतिको तर्फमा सरकारको सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गरिएको बताए । 

बैठकले पार्टीका भातृ तथा शुभेच्छुक संस्थालाई क्रियाशील बनाउन महामन्त्रीद्वयको संयोजकत्वमा अध्ययन समिति बनाइएको उनले जानकारी दिए ।

प्रकाशित मिति : ११ चैत्र २०८२, बुधबार  ७ : ०५ बजे

इजरायलमा सरकार गठनका लागि अरब दल र विपक्षीबीच वार्ता

काठमाडौँ – इजरायलमा संसदीय निर्वाचनपछि वैकल्पिक सरकार गठन गर्ने विषयमा अरब

पशुपति क्षेत्र विकास कोषका दीर्घसेवी कर्मचारी आन्दोलित

काठमाडौँ – नयाँ नियमावलीमार्फत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया अघि

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई लिएर हवाई सुरक्षा सतर्कता

काठमाडौँ – भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश

स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

 काठमाडौँ  – सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम