सरकारले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने « Khabarhub

सरकारले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने


११ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


477
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले विभिन्न समयमा तयार गरिएका तीन महत्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने निर्णय गरेकी छन् ।

कार्कीले भदौ २३ र २४ गते भएका घटनासम्बन्धी जाँचबुझ आयोग, २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेकी हुन् । उक्त प्रतिवेदन संघीय संसद सचिवालयको पुस्तकालयमा अभिलेखका रूपमा राखेर सार्वजनिक गरिने निर्णय गरिएको छ ।

यसअघि मंगलबार उनले नेपाल बाल संगठन तथा बालमन्दिरसँग सम्बन्धित उच्चस्तरीय जाँचबुझ आयोग, २०७७ को प्रतिवेदन पनि सार्वजनिक गर्ने निर्णय गरेकी थिइन् । सो प्रतिवेदन पनि संघीय संसद सचिवालयको पुस्तकालयमा अभिलेख राखिने बताइएको थियो।

त्यसैगरी, प्रधानमन्त्री कार्कीले गत चैत ३ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट तयार गरिएको सुशासन मार्गचित्र, २०८२ कार्यान्वयनको प्रक्रिया अघि बढाउने निर्णय गरेकाे प्रधानमन्त्रीको प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिए । उक्त मार्गचित्र सम्बन्धित निकायमार्फत सार्वजनिक गरिने जनाइएको थियो ।

प्रकाशित मिति : ११ चैत्र २०८२, बुधबार  ८ : ३८ बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले