आज २०८३ साल वैशाख १२ गते शनिबारको राशिफल « Khabarhub

आज २०८३ साल वैशाख १२ गते शनिबारको राशिफल


१२ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज २०८३ साल वैशाख १२ गते शनिबार। वैशाख शुक्ल पक्षको नवमी तिथि । सीता जयन्ती व्रत, विश्व औलो दिवस । तदनुसार सन् २०२६ अप्रिल २५ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सामान्य छ । बोली र व्यवहारमा एकरुपता देखाउनु उचित हुनेछ । साना कुराले मनमा झन्झट बढ्नेछ । शास्त्रको अध्ययन गरेमा दिन सहज बन्नेछ । धार्मिक अभियन्तासँगको भेटले मन शान्त बन्नेछ ।

वृष : दिन राम्रो रहेको छ । आज व्यापारबाट लाभ हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । तपाईंको काममा विपक्षीलेसमेत साथ दिनेछन् । शिक्षाको क्षेत्रमा गरेको प्रयासमा ढिलासुस्ती हुनेछ ।

मिथुन : भाग्य राम्रो छ । थोरै लगानी गरे पनि आम्दानी राम्रो हुनेछ । शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । अध्ययनमा जाँगर चल्नेछ । साथीभाइ र बन्धुसँगको सहकार्यले फाइदा मिल्नेछ । विदेशमा गरेको लगानीबाट नाफा हुनेछ ।

कर्कट : शुभ दिन हो । व्यापारमा फाइदा हुनेछ । शिक्षामा भएको ढिलासुस्तीले सताउने छ । राजनीतिमा ठगले सताउने भएकाले सचेत बन्नुपर्नेछ । परिवारको तर्फबाट भने सहयोग मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

सिंह : दिन सामान्य छ । रोगसँग लड्ने क्षमता बढ्नेछ । आफ्ना साथीले भने साथ नदिएर हैरान पार्ने जोखिम रहेको छ । व्यापारमा घाटा हुनेछ । राज्यको तर्फबाट भने महत्त्वपूर्ण अवसर प्राप्त हुनेछ ।

कन्या : दिन राम्रो छ । आज हिम्मत गरेर काम गर्नुपर्ने दिन छ । बोलीलाई परोपकारमा प्रयोग गर्नु उचित हुनेछ । शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

तुला : दिन शुभ छ । नयाँ खबर सुन्न पाइने छ । तपाईंको कला र गलाको प्रसंसा हुनेछ । अरुलाई समय दिएर स्वास्थ्यको ख्याल नगर्दा समस्या बढ्नसक्छ । शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ । लगानी गरेको भए सफलता मिल्नेछ । सहयोगी मित्र बढ्ने छन् ।

वृश्चिक : दिन राम्रो छ । बोली गोली जस्तै हुने भएकाले सोचेर बोल्नु उचित हुन्छ । आम्दानी बढ्नेछ । परिवारभित्रका मान्छेले भन्दा बाहिरका व्यक्तिले प्रशंसा गर्नेछन् । उत्तरको यात्रा नगर्नु उचित हुनेछ । शिक्षामा मिहिनेतको फल मिल्नेछ ।

धनु : दिन सामान्य छ । धेरै झन्झट देखिने जोखिम छ । शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ । स्वास्थ्यमा सुधार हुनेछ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्धमा सुधार हुने योग छ । दान गरेर दिनको सुरुवात गर्नु उचित हुनेछ ।

मकर : व्यापारमा फाइदा हुनेछ । दाजुभाइसँग सहकार्य गरेर काम गर्नु उचित हुनेछ । परिवारलाई विश्वास गर्दा धोका हुनेछ । शिक्षामा थप श्रम गर्नुपर्ने दिन छ ।

कुम्भ : दिन सामान्य छ । शिक्षा र स्वास्थ्यमा गरेको प्रयास सफल हुनेछ । विपक्षीले तपाईंको निन्दा गर्नेछन् । परिवारको तर्फबाट साथ र सहयोग मिल्नेछ । प्रेम सम्बन्ध सुधार हुनेछ ।

मीन : दिन सामान्य राम्रो छ । ठुला व्यक्तिसँग भेट हुनेछ । लगानी क्षेत्रमा जोखिम भएकाले सचेत बन्नुपर्नेछ । सामाजिक र धार्मिक क्षेत्रमा झुकाब रहनेछ । समय दिन सकेमा सफलता मिल्नेछ । जन्म कुण्डलीमा हेरेर कामको सुरुवात गर्नु उचित हुनेछ।

प्रकाशित मिति : १२ बैशाख २०८३, शनिबार  ५ : २० बजे

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

भद्रपुर– बाह्रदशी गाउँपालिका–३ रामनगरस्थित हुलाकी सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक जना

स्वदेश फर्कियो नेपाली राष्ट्रिय क्रिकेट टोली (तस्बिरहरू)

काठमाडौं– आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिज खेलेर नेपाली राष्ट्रिय

देवानगञ्ज घटनाबारे राष्ट्रपति पौडेल र प्रथम राष्ट्रपति यादवबीच संवाद

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाउँपालिका कप्तानगञ्जसहित तराई-मधेसका विभिन्न

पोल्ट्री व्यवसायीलाई प्रशिक्षण

चितवन– पोल्ट्री व्यवसायीलाई वातावरणीय मूल्यांकन, व्यवस्थापन तथा अनुपालनसम्बन्धी प्रशिक्षण प्रदान

गृहमन्त्री जाने भएपछि सिराहामा तनाव, सुरक्षाकर्मीको गाडी घेराउ (तस्बिरहरू)

सिराहा– सिराहाको गोलबजारमा प्रदर्शनको क्रममा गोली लागेर मृत्यु भएका बालकको घरअगाडि