लुम्बिनी रोड रेस प्रतियोगितामा नेपाली सेनाका खड्का र न्यौपाने विजयी « Khabarhub

लुम्बिनी रोड रेस प्रतियोगितामा नेपाली सेनाका खड्का र न्यौपाने विजयी


१२ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

घोराही (दाङ)- ‘दोस्रो लुम्बिनी राष्ट्रिय खुला पुरुष तथा महिला १० किलोमिटर रोड रेस प्रतियोगिता-२०८३’ मा पुरुषतर्फ नेपाली सेनाका खड्गबहादुर खड्का र महिलातर्फ पूर्णलक्ष्मी न्यौपाने विजयी भएका छन् । लुम्बिनी प्रदेश खेलकुद परिषद्को आयोजनामा आज घोराहीमा भएको प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ नेपाली सेनाका खेलाडी पहिलो बन्न सफल भएका हुन् ।

प्रतियोगितामा पुरुषतर्फ खड्काले निर्धारित १० किलोमिटर दूरी ३० मिनेट ३३ सेकेन्डमा र महिलातर्फ सेनाकै न्यौपानेले ३६ मिनेट ३३ सेकेन्डमा दूरी पार गर्न सफल भए । पहिलो बनेका खड्का र न्यौपानेले समान रु ८० हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । त्यसैगरी प्रतियोगितामा पुरुषतर्फ सशस्त्र प्रहरीका रुपेश कार्की ३१ मिनेट १३ सेकेन्डका साथ दोस्रो हुँदा नेपाली सेनाकै उमेश थापा ३१ मिनेट ५२ सेकेन्डमा दौड पूरा गर्दै तेस्रो स्थानमा हुन सफल भए ।

महिलातर्फ सेनाकै निर्मला केसीले ३७ मिनेट ४५ सेकेन्डका साथ दोस्रो हुँदा सम्झना गुरुङवान ३९ मिनेट १२ सेकेन्डमा दूरी पार गर्दै तेस्रो स्थान लिन सफल भएकी छिन् । प्रतियोगितामा द्वितीय र तृतीय स्थान लिने पुरुष तथा महिला खेलाडीलाई जनही रु ४५ हजार र रु २५ हजारसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

प्रतियोगितामा पुरुषतर्फ नेपाली सेनाका अक्कल पालले ३२ मिनेट दुई सेकेन्डमा दूरी पार गर्दै चौथो हुँदा महिलातर्फ एपिएफकी फूलमाया रानाले ३९ मिनेट ४१ सेकेन्डमा दूरी पार गर्दै चौथो हुन सफल भइन् । चौथो स्थान प्राप्त गरेका पाल र रानाले नगद रु १५ हजारसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।

विजेता खेलाडीलाई पुरस्कार वितरण गर्दै प्रदेश खेलकुद परिषद् लुम्बिनीका सदस्य सचिव तिरनदाज गौतमले खेलकुदको विकास, विस्तार तथा नयाँ प्रतिभा उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए ।

प्रकाशित मिति : १२ बैशाख २०८३, शनिबार  २ : ५३ बजे

दक्षिण कोरियासँग तनाव बढ्दै जाँदा उत्तर कोरियाद्वारा १० क्षेप्यास्त्र प्रहार

सियोल- दक्षिण कोरियासँग तनाव बढिरहेका बेला उत्तर कोरियाले बिहीबार समुद्रतर्फ करिब

राजर्षिजनक विश्वविद्यालयलाई एकीकृत डिजिटल प्रणालीमा लैजाने घोषणा

धनुषा- राजर्षिजनक विश्वविद्यालयले आफ्नो नवौँ वार्षिकोत्सव मनाउँदै विश्वविद्यालयका शैक्षिक, प्रशासनिक, परीक्षा

इरानमाथि सम्भावित आक्रमणबीच पेन्टागनका वरिष्ठ अधिकारी हटाइए

काठमाडौँ – अमेरिकाले इरानमाथि पुनः आक्रमण गर्ने सम्भावनाबारे विचार गरिरहेका बेला

काठमाडौँले जनकपुरलाई दियो ११६ रनको सामान्य लक्ष्य : राहुल यादवले लिए चार विकेट

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबारको पहिलो खेलमा

नयाँ टर्मिनल भवनको भौतिक प्रगति ८१ प्रतिशत

विराटनगर– कोशी प्रदेशको सबैभन्दा ठूलो विराटनगर विमानस्थलको निर्माणाधीन नयाँ टर्मिनल