अमेरिका–इरान वार्ता अन्तिम चरणमा, सहमतिको प्रतीक्षा « Khabarhub

अमेरिका–इरान वार्ता अन्तिम चरणमा, सहमतिको प्रतीक्षा


११ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिका र इरानबीच जारी उच्चस्तरीय वार्ता अन्तिम चरणमा पुगेको बताइएको छ । अमेरिकी राष्ट्रपति कार्यालयले सम्भावित सम्झौताबारे अन्तिम निर्णय आउन अझै केही दिन लाग्न सक्ने जनाएको छ ।

आइतबार सार्वजनिक एक अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको रिपोर्टअनुसार, प्रस्तावित सम्झौताले इरानको नेतृत्व तहबाट औपचारिक स्वीकृति प्राप्त गर्न बाँकी रहेको र त्यसका लागि थप समय आवश्यक पर्न सक्ने उल्लेख गरिएको छ ।

रिपोर्टमा उद्धृत एक वरिष्ठ अमेरिकी अधिकारीका अनुसार दुवै पक्षबीच वार्ता सकारात्मक दिशातर्फ अघि बढिरहेको छ । उहाँले केही दिनभित्रै सम्झौता टुंगोमा पुग्ने अपेक्षा गरिएको जानकारी दिए । यद्यपि, सम्झौता अझै अन्तिम चरणमै रहेकाले सबै प्रक्रिया पूरा भएपछि मात्र औपचारिक घोषणा गरिने बताइएको छ ।

सम्भावित सम्झौताले मध्यपूर्व क्षेत्रमा शान्ति स्थापनासँगै इरानको आणविक कार्यक्रमसम्बन्धी अन्तर्राष्ट्रिय चासोलाई सम्बोधन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । तर, सम्झौताका विस्तृत बुँदाहरू भने अहिलेसम्म सार्वजनिक गरिएको छैन ।

अमेरिकी राष्ट्रपति  डोनाल्ड ट्रम्पले पनि आफ्ना प्रतिनिधिहरूलाई वार्तामा धैर्यता र सावधानी अपनाउन निर्देशन दिएको जनाइएको छ । उनले दुवै पक्षले पर्याप्त समय लिएर सोचविचारपूर्वक निर्णयमा पुग्नुपर्ने धारणा व्यक्त गर्नुभएको बताइएको छ ।

यसैबीच, अमेरिकाले इरानका बन्दरगाहहरूमाथि लागू गरेको नाकाबन्दी भने सम्झौता औपचारिक रूपमा स्वीकृत, प्रमाणित र हस्ताक्षर नभएसम्म यथावत् रहने जानकारी दिएको छ ।

प्रकाशित मिति : ११ जेठ २०८३, सोमबार  १२ : ४४ बजे

विश्वसँग दान र सहयोग होइन, क्षतिपूर्ति मागौं : वातावरण कानुनका ज्ञाता श्रेष्ठ

काठमाडौं- नेपालले लामो समयदेखि भोगिरहेको जलवायु परिवर्तनको असरसम्बन्धी कानुनी लडाईमा

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको सम्झनामा पर्यटन बोर्डमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं– रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान

रूसको उत्तरी क्षेत्रमा हिमपहिरो : ११ जनाको मृत्यु, छ बेपत्ता

मस्को-  रुसको उत्तरी काकेसस क्षेत्रमा रहेको काबार्दिनो–बाल्कारिया गणतन्त्रमा हिमपहिरोमा परी ११

भोटेकोशी बाढी पीडितका लागि राहत र पुन:र्निर्माण प्रभावकारी बनाउन सरकारसँग ओलीको माग

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशीमा आएको विनाशकारी