संसद्‍मा नबोलेका प्रधानमन्त्रीले गणतन्त्र दिवसमा पनि सम्बोधन नगर्ने « Khabarhub

संसद्‍मा नबोलेका प्रधानमन्त्रीले गणतन्त्र दिवसमा पनि सम्बोधन नगर्ने


११ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह यही जेठ १५ गते सैनिक मञ्च टुँडिखेलमा हुने गणतन्त्र दिवस समारोहमा पनि सहभागी भएर सम्बोधन नगर्ने भएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले गत वैशाख २८ गते संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बाचन गर्दा पनि बीचमै उठेर हिँडेका वालेन्द्र त्यसयता फर्किएका छैनन्।

संसद् भवनबाट दुई सय मिटर दूरीको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेर संसद्को टेलिभिजन लाइभ हेरेर बसेका उनले व्यवस्थापिकालाई बेवास्ता गरेको आरोप लागिरहेको छ।

यस्तोमा जेठ १५ गते सैनिक मञ्च टुँडिखेलमा सरकारले नै आयोजना गर्ने गणतन्त्र दिवस समारोहमा सम्बोधनका लागि उनले राष्ट्रपति रामचन्द्र पौडेललाई पत्र लेखेका हुन् ।

शाहले मुख्यसचिवमार्फत् शीतल निवासलाई पत्र लेख्दै गणतन्त्र दिवस मूल समारोहलाई सम्बोधन गर्न भनेको स्रोतले उल्लेख गरेको छ।

यसअघिका गणतन्त्र दिवस समारोहमा राष्ट्रपति उपस्थित हुने भए पनि प्रधानमन्त्रीले नै सम्बोधन गर्ने परम्परा थियो ।

तर गत फागुन २१ गते निर्वाचित प्रतिनिधि सभामा समेत उभिएर मन्तव्य नदिएका उनले गणतन्त्र दिवस समारोहमा पनि सम्बोधनको जिम्मेवारी राष्ट्रपतिलाई सुम्पिएका हुन् ।

बालेनले यसअघि २०८२ चैत २६ गते भक्तपुरको खरिपाटी पुगेर नेपाली सेनाका नवआयुक्त अधिकृतहरूलाई कर्तव्यनिष्ठ, अनुशासित र जिम्मेवार भएर राष्ट्र सेवामा समर्पित हुन आग्रह गरेका थिए ।

नेपाली सैनिक प्रतिष्ठानमा त्यसबेला आयोजित अधिकृत क्याडेट तालिमको आयुक्त पद प्रदान कवाज समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले करिब ३६ महिनाको कठिन प्रशिक्षण सफलतापूर्वक पूरा गरी अधिकृत पद प्राप्त गर्न सफल क्याडेटहरूलाई बधाई तथा शुभकामना दिएका थिए।

तर उनले सैनिक मञ्चमा हुने गणतन्त्र दिवस समारोहमा आफ्नो सम्बोधनको साटो त्यो जिम्मेवारी राष्ट्रपतिलाई दिने गरी पत्र लेखेका हुन् ।

नेपालको संविधान सभाले वि.सं. २०६५ साल ज्येष्ठ १५ गते २३८ वर्षदेखिको राजतन्त्रात्मक शासन व्यवस्थाको अन्त्य गरी गणतन्त्र स्थापना गरेको थियो । त्यसपछि मनाउने गरिएको गणतन्त्र दिवसमा हरेक वर्ष प्रधानमन्त्रीले सम्बोधन गर्ने चलन थियो । तर पहिलो पटक बालेनका कारण त्यो परम्परा तोडिन लागेको हो ।

प्रकाशित मिति : ११ जेठ २०८३, सोमबार  १ : ४४ बजे

विश्वकपमा जर्मनीको गोल वर्षा, कुरासाओ ७–१ ले पराजित

ह्युस्टन – चार पटकको विश्व च्याम्पियन जर्मनीले फिफा विश्वकप २०२६

टेम्पो भिरमा खसालिएको घटनामा १२ जना वन कर्मचारी प्रहरी नियन्त्रणमा

धनगढी – कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा वन अतिक्रमण हटाउने क्रममा

देशलाई सुधार गर्ने अनुकूल अवस्था आएको छ, यो अवसर चुकाउनु हुँदैन : गगन थापा

ललितपुर – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशलाई सुधार गर्ने

डोरी नबाँधी बन्जी जम्प गराउँदा २१ वर्षीय युवतीको मृत्यु

काठमाडाैं – ब्राजिलको साओ पाउलो राज्यमा बन्जी जम्पिङका क्रममा भएको

अनुमतिबिनै नेपाली आकाशमा उड्यो भारतीय सैनिक हेलिकोप्टर

धनगढी – भारतको इन्डो–टिबेटियन बोर्डर पुलिस (आईटीबीपी)का महानिर्देशक सत्रुजित कपुर