यस्ता छन् मन्त्रिपरिषद्को बैठकका चार निर्णय « Khabarhub

यस्ता छन् मन्त्रिपरिषद्को बैठकका चार निर्णय


११ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न चारवटा निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव मुकेश डंगोललाई नेपाल नागरिक उड्ययन प्राधिकरणको महानिर्देशकमा नियुक्त गर्नेसहितका चार निर्णय गरेको सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

बैठकले अर्थसहित विभिन्न मन्त्रालयहरूसँग सम्बन्धित चारवटा निर्णयहरू गरेको पोखरेलले बताए ।

यस्ता छन् निर्णय

१. नेपाल-चीन जोड्ने विद्युत् प्रसारणलाइन आयोजना (चिलिमे-केरूङ) को कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तरपत्र (लेटर अफ रिप्लाई) स्वीकृत गर्ने।

२. आर्थिक वर्ष २०८३/८४ का लागि वर्षे धान बालीको न्यूनतम् समर्थन मूल्य निर्धारण गर्ने, जस अन्तर्गत मोटा धानको प्रतिक्वीन्टल ३,६६० रुपैयाँ र मध्यम धानको प्रतिक्वीन्टल ३,८६० रुपैयाँ तोकिएको छ।

३. सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२ को प्रतिवेदनलाई सार्वजनिक गर्ने ।

४.  नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक पदमा सहसचिव श्री मुकेश डंगोललाई नियुक्ति गर्ने निर्णय ।

प्रकाशित मिति : ११ जेठ २०८३, सोमबार  ५ : १२ बजे

विष्णु माझीले ल्याइन् तीज गीत

काठमाडौं– गायिका विष्णु माझीले तीज गीत ‘घरबार’ ल्याएकी छन् ।

भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

वालिङ– भोटेकोशी बाढीमा परी घाइते भएकाहरूका लागि स्याङ्जामा रगत सङ्कलन गरिएको

‘मन भक्कानिदा बिलौना गर्ने समय छैन’

यो पीडा रसुवा, नुवाकोट वा धादिङको मात्र होइन, यो सिंगो

चीनले बाढीपछि अवरूद्ध केरूङको मुख्य राजमार्ग सातामै खुलायो, चौबीसै घण्टा चल्दैछ उद्धार अभियान

चीन– नेपालसँगको जोडिएको चीनको दक्षिणपश्चिमी शिचाङ स्वायत्त क्षेत्रमा गत बुधबार

एक साताको खोजी निष्फल, पत्रकार पौडेलका बुवा-आमासहित पाँच जनाको अन्तिम संस्कार

काठमाडौं- भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परेर