‘प्रधानमन्त्री काममा व्यस्त हुनुहुन्छ, बोल्नुपर्ने ठाउँमा बोल्नुहुन्छ’ « Khabarhub

‘प्रधानमन्त्री काममा व्यस्त हुनुहुन्छ, बोल्नुपर्ने ठाउँमा बोल्नुहुन्छ’


११ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री वालेन्द्र शाहको कार्यशैलीको बचाउ गरेका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय सुनाउने क्रममा पत्रकारहरूलाई जवाफ दिँदै उनले बालेनको शैलीको बचाउ गरेका हुन्।

यही जेठ १५ गते वालेन्द्र नेतृत्वको सरकारकै आयोजनामा हुन लागेको गणतन्त्र दिवसमा पनि सम्बोधन नगर्ने भएपछि अनेक प्रश्न उठिरहेका छन् ।

वालेन्द्रले गणतन्त्रको प्रतीक भन्दै बालेनले मन्त्रिपरिषद्बाटै निर्णय गराएर सम्बोधनका लागि राष्ट्रपति रामचन्द्र पौडेलकहाँ पत्र पठाइसकेका छन् । राष्ट्रपतिले पनि बालेनको आग्रहलाई स्वीकार गरिसकेका छन्।

यस्तोमा सरकारका प्रवक्ता पोखरेलले गणतन्त्र दिवसमा प्रधानमन्त्री बोल्न नचाहेको निर्णयको बचाऊ गरेका हुन् ।

सरकारका निर्णय सुनाउन उभिएका मन्त्री पोखरेललाई पत्रकारले सोधे, ‘प्रधानमन्त्रीज्यू गणतन्त्र दिवस मूल समारोह कार्यक्रममा किन बोल्न चाहनु भएन?

जवाफमा प्रवक्ता पोखरेलले भने, ‘आवश्यकता अनुसार प्रधानमन्त्रीले गर्नुपर्ने ठाउँमा सम्बोधन गर्नु हुनेछ । अहिले उहाँ १०० दिने घोषणाअनुसारका काम पूरा गर्न केन्द्रित हुनु भएको छ।’

प्रकाशित मिति : ११ जेठ २०८३, सोमबार  ५ : ३४ बजे

देशलाई सुधार गर्ने अनुकूल अवस्था आएको छ, यो अवसर चुकाउनु हुँदैन : गगन थापा

ललितपुर – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशलाई सुधार गर्ने

डोरी नबाँधी बन्जी जम्प गराउँदा २१ वर्षीय युवतीको मृत्यु

काठमाडाैं – ब्राजिलको साओ पाउलो राज्यमा बन्जी जम्पिङका क्रममा भएको

अनुमतिबिनै नेपाली आकाशमा उड्यो भारतीय सैनिक हेलिकोप्टर

धनगढी – भारतको इन्डो–टिबेटियन बोर्डर पुलिस (आईटीबीपी)का महानिर्देशक सत्रुजित कपुर

दुई मन्त्रीसँगको फोटो राख्दै बालेनले लेखे– देश बनाउने टोली

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमा सार्वजनिक गरेको पछिल्लो

अमेरिकाले इरान सम्झौता : रोक्का सम्पत्ति फिर्ता र ‘स्ट्रेट अफ हर्मुज’ मा स्वतन्त्र आवागमनबारे छलफल

तेहरान – अमेरिका र इरानबीच प्रस्तावित सम्झौताको अन्तिम मस्यौदामा तेहरानको