लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य नीति : हवाई उद्धारदेखि टेलिमेडिसिनसम्म « Khabarhub

लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य नीति : हवाई उद्धारदेखि टेलिमेडिसिनसम्म


११ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८३/८४ का लागि १२७ बुँदे नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । 

प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले प्रदेश सभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा स्वास्थ्यका १४ बुँदा समेटिएका छन् ।

१. सुरक्षित मातृत्व अभियानलाई निरन्तरता दिइनेछ । दुर्गम स्थानका गर्भवती तथा सुत्केरी आमाहरूको जटिलताको व्यवस्थापनका लागि निःशुल्क एम्बुलेन्स तथा हवाई उद्धार सेवा प्रदान गरिनेछ ।

स्थानीय तहमा हुने सेवाग्राहीको चाप, भौगोलिक अवस्था र दक्ष स्वास्थ्यकर्मीको उपलब्धताको आधारमा सुरक्षित प्रसूति सेवालाई रणनीतिक स्थानमा सञ्चालन गर्न नीतिगत व्यवस्था गरिनेछ ।

ग्रामीण अल्ट्रासाउण्ड सेवा विस्तार कार्यक्रमलाई निरन्तरता दिइनेछ । राष्ट्रिय जनसंख्या नीति कार्यान्वयनका लागि आवश्यक व्यवस्था गरिनेछ ।

२. ‘नेपाल आरोग्य वर्ष २०२७’ अभियान सञ्चालन गरिनेछ । नागरिकको शारीरिक, मानसिक, सामाजिक तथा आध्यात्मिक स्वास्थ्य प्रवर्द्धन गर्न ध्यान, योग, खुला व्यायामशाला तथा स्वास्थ्यका लागि खेलकुद कार्यक्रमलाई निरन्तरता दिइनेछ ।

‘मानसिक स्वास्थ्यमा सुधार: स्वस्थ नागरिक लुम्बिनीको आधार’ अभियानका लागि मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीतिक कार्ययोजना कार्यान्वयन गरिनेछ ।

विद्यालय नर्स तथा रोभिङ नर्स कार्यक्रमलाई निरन्तरता दिई क्रमशः विस्तार गरिनेछ ।

नसर्ने तथा दीर्घ रोगको रोकथाम र व्यवस्थापनका लागि समुदायमा जाँचपड्ताल कार्यक्रमलाई निरन्तरता दिइनेछ ।

३. राप्ती प्रादेशिक अस्पताललाई दुई सय शय्याको अस्पतालमा स्तरोन्नति गरी सेवा विस्तार गरिनेछ ।

पूर्वाधार तथा मापदण्ड पूरा गरेका अन्य अस्पतालहरूलाई आवश्यकताका आधारमा क्रमशः स्तरोन्नति गर्दै लगिनेछ ।

४. अन्धोपन समस्याको न्यूनीकरण तथा आँखा उपचार सेवा विस्तारलाई निरन्तरता दिइनेछ । अस्पतालहरूमा डायलाइसिस सेवा विस्तार गरिनेछ ।

बाँझोपन व्यवस्थापन सेवा सञ्चालन गरिनेछ । जन्मजात विकलाङ्ग परीक्षण सेवा विस्तार गरिनेछ । नवजात शिशु सघन उपचार इकाई स्थापना तथा विस्तार गरिनेछ ।

जलन उपचार कक्ष सञ्चालन गरिनेछ । स्तनपान व्यवस्थापन इकाई सञ्चालन गरिनेछ । आमाको दूध संकलन बैंक सञ्चालन गरिनेछ । निःशुल्क रक्तसञ्चार सेवा विस्तार गरिनेछ । ज्येष्ठ नागरिक उपचार सेवा तथा प्रशासक सेवा विस्तार गरिनेछ ।

५. लुम्बिनी प्रादेशिक अस्पताल र राप्ती प्रादेशिक अस्पतालमा जलन उपचार सेवा विस्तार गरिनेछ ।
दुर्गम स्थानमा विशेषज्ञ एवं शल्यक्रिया सेवासहित स्वास्थ्य शिविर सञ्चालन गरिनेछ । लुम्बिनी प्रादेशिक अस्पतालबाट पूर्णकालीन टेलिमेडिसिन सेवा प्रदान गर्ने व्यवस्था मिलाइनेछ ।

६. मुटुको भल्भ प्रत्यारोपण, मिर्गौला प्रत्यारोपण र क्यान्सर रोगको उपचारमा प्रदान गरिँदै आएको सहुलियत कार्यक्रमलाई निरन्तरता दिइनेछ ।

७. ‘मोबाइल एपको प्रभावकारी प्रयोग, स्वास्थ्य सेवाको उच्चतम उपयोग’ भन्ने नाराका साथ सामुदायिक स्वास्थ्य सूचना प्रणाली कार्यक्रम विस्तार गरिनेछ ।

महिला तथा बालबालिकाको स्वास्थ्य तथा पोषण अवस्थाको निरन्तर निगरानी गरिनेछ । मातृ तथा बाल स्वास्थ्य हातपुस्तिका कार्यक्रम सञ्चालन गरिनेछ ।

८. सिकलसेल, थालासेमिया र हेमोफिलिया रोगको उपचारका लागि औषधि, उपकरण तथा पूर्वाधारको व्यवस्थापन गरिनेछ ।

सचेतना, स्क्रिनिङ र बीमा कार्यक्रमलाई निरन्तरता दिइनेछ । बिरामीहरूको तथ्यांक अभिलेखका लागि ‘एचडीएचएमआईएस’ को विकास गरी कार्यान्वयन गरिनेछ ।

९. लुम्बिनी प्रादेशिक अस्पतालमा मेडिकल शिक्षा अध्यापनका लागि सम्भाव्यता अध्ययन गरिनेछ ।
प्रदेश मातहतका अस्पतालहरूबाट प्रदान गरिने गुणस्तरीय स्वास्थ्य सेवाका लागि भौतिक पूर्वाधार, जनशक्ति, औषधि तथा स्वास्थ्य सामग्री र औजार उपकरणहरूको उचित व्यवस्थापन सुनिश्चित गरिनेछ ।

१०. चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी तथा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको क्षमता अभिवृद्धि गरिनेछ ।

वृत्ति विकास तथा स्थायित्वका लागि विकास साझेदार र वित्तीय तथा शैक्षिक संस्थासँग सहकार्य गरिनेछ ।
दुर्गम क्षेत्रका अस्पतालमा चिकित्सकीय सेवा परिचालनका लागि प्रोत्साहन उपलब्ध गराइनेछ । निजी स्वास्थ्य संस्थाको नियमन तथा अनुगमनलाई प्रभावकारी बनाइनेछ । विपन्न नागरिकका लागि तोकिएको निःशुल्क सेवाको सुनिश्चितता गरिनेछ ।

११. प्रदेशका सबै अस्पतालहरूमा एण्टी रेबिज भ्याक्सिको नियमित आपूर्ति सुनिश्चित गरिनेछ ।
सबै सर्पदंश उपचार केन्द्रमा एण्टी स्नेक भेनमको नियमित आपूर्ति सुनिश्चित गरी सेवामा सबैको पहुँच विस्तार गरिनेछ ।

१२. प्रदेश जनस्वास्थ्य ऐन तर्जुमा गरी कार्यान्वयनमा ल्याइनेछ । स्वास्थ्य तालिम केन्द्रको संस्थागत क्षमता सुदृढ गरिनेछ ।

तालिमलाई थप प्रभावकारी, व्यवस्थित, गुणस्तरीय तथा समयानुकूल बनाइनेछ । प्रदेशभित्रै तालिम सञ्चालन गर्ने व्यवस्था गरिनेछ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालालाई सुदृढ गरी सेन्टर अफ एक्सिलेन्सको रूपमा विकास गरिनेछ ।

१३. आयुर्वेद स्वास्थ्य संस्थाहरूको क्षमता अभिवृद्धि तथा सेवा विस्तार गरिनेछ । क्रमशः सुलभ आयुर्वेद फार्मेसी सञ्चालनमा ल्याइनेछ ।

प्राकृतिक चिकित्सा लगायत अन्य वैकल्पिक चिकित्साको विकास र प्रवर्द्धन गरिनेछ । स्वर्ण बिन्दु प्राशन कार्यक्रमलाई अभियानको रूपमा विस्तार गरिने छ ।

१४. आधारभूत स्वास्थ्य सेवा र स्वास्थ्य बीमा सेवाको सुदृढीकरण तथा विस्तारका लागि स्थानीय तह र सङ्घीय सरकारसँग समन्वय एवं सहकार्य गरिनेछ।

बिरामीको उपचार इतिहास, प्रेषण, फलोअप लगायत बिरामीको अभिलेख प्रणालीलाई व्यवस्थित गर्न डिजिटल, एकीकृत र अन्तरआबद्ध स्वास्थ्य सूचना प्रणाली विकास गरिनेछ ।

प्रकाशित मिति : ११ जेठ २०८३, सोमबार  ६ : ५३ बजे

बाढीमा आफन्त हराएकाहरू भन्छन्- गृहमन्त्रीज्यू, अक्सिजन बोक्ने हामी छौँ, तपाईं स्टन्ट रोकेर काम गर्नुस्

काठमाडौं– त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजना स्थलमा उद्धार कार्य प्रभावकारी रुपमा

खानेपानीको मूल सुक्दै गएपछि पुनर्जीवित कार्यक्रमको सुरुवात

काभ्रेपलाञ्चोक– पछिल्ला केही वर्षदेखि काभ्रेपलाञ्चोकका अधिकांश स्थानीय तहमा खानेपानीको मुहान

राष्ट्रपति पौडेलले भने : विपत्तिमा परेका नागरिकलाई राज्यको साथ र भरोसा चाहिएको छ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले गत भदौ १० गते रसुवाको भोटेकोशी

जलवायु परिवर्तनका कारण उत्पन्न जोखिमप्रति राष्ट्रपति पौडेलले गराए अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण

काठमाडौं- रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रको स्थलगगत अवलोकनपछि

सुनसरीमा चट्याङ लागेर एक युवकको मृत्यु

सुनसरी– सुनसरीको कोशी गाउँपालिका-६ लाही टोलका एक युवकको आज बिहान