जर्मनीमा चीनका लागि जासूसी गरेको आरोपमा एक जोडी दम्पती पक्राउ « Khabarhub

जर्मनीमा चीनका लागि जासूसी गरेको आरोपमा एक जोडी दम्पती पक्राउ


११ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जर्मनीमा चीनका लागि जासूसी गरेको आरोपमा एक दम्पती पक्राउ परेका छन् । जर्मन प्रहरीले दक्षिणी सहर म्युनिखबाट चिनियाँ मूलका श्रीमान-श्रीमतीलाई पक्राउ गरेको हो । उनीहरूमाथि सैन्य क्षेत्रमा प्रयोग हुने आधुनिक प्रविधिसम्बन्धी जानकारी संकलन गरेको आरोप लगाइएको छ ।

जर्मन नागरिक रहेका जुक्सुन सी र हुआ एस नामका ती दम्पतीले चिनियाँ गुप्तचर निकायका लागि काम गर्ने गरेको संघीय अभियोजकको कार्यालयले जनाएको छ । प्रहरीले म्युनिखस्थित उनीहरूको घर र कार्यस्थलमा छापा मारेर अनुसन्धान सुरु गरेको छ ।

अनुसन्धानका अनुसार यो दम्पतीले जर्मनीका विभिन्न विश्वविद्यालय र अनुसन्धान संस्थानका प्राज्ञहरूसँग सम्बन्ध बनाएका थिए । विशेष गरी उनीहरूले एयरोस्पेस इन्जिनियरिङ, कम्प्युटर विज्ञान र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) का विज्ञहरूलाई निसाना बनाएका थिए । यसका लागि उनीहरूले आफूलाई दोभासे वा कुनै मोटरगाडी उत्पादक कम्पनीको कर्मचारीका रूपमा चिनाउने गरेका थिए ।

उनीहरूले कतिपय वैज्ञानिकहरूलाई सर्वसाधारणका लागि सशुल्क प्रवचन दिने बहानामा चीन भ्रमण गराएका थिए । तर, त्यहाँ पुगेपछि ती वैज्ञानिकहरूले सरकारी स्वामित्वका हतियार निर्माता कम्पनीका कर्मचारीहरूलाई प्रशिक्षण दिनुपरेको अभियोजकहरूले बताएका छन् । यसै सिलसिलामा बर्लिन र म्युनिखसहित देशका विभिन्न स्थानमा अन्य १० जना सम्भावित साक्षीहरूसँग पनि बुझ्ने काम भइरहेको छ ।

जर्मनीमा चीनसँग जोडिएको जासूसीको यो पहिलो घटना भने होइन । यसअघि गत फेब्रुअरीमा एक अमेरिकी नागरिकलाई अमेरिकी सैन्य शिविरमा काम गर्दा चीनलाई संवेदनशील सूचना दिएको आरोपमा जेल सजाय सुनाइएको थियो । त्यस्तै, गत सेप्टेम्बरमा उग्र-दक्षिणपन्थी राजनीतिज्ञ म्याक्सिमिलियन क्राहका पूर्व सहयोगीलाई चिनियाँ गुप्तचरको रूपमा काम गरेको प्रमाणित भएपछि चार वर्षभन्दा बढीको जेल सजाय दिइएको थियो ।

प्रकाशित मिति : ११ जेठ २०८३, सोमबार  ५ : २६ बजे

कालिमाटीको आलु काउली र लौकामा भेटियो अत्यधिक मात्रामा विषादी, नष्ट गर्न निर्देशन

काठमाडौं– कृषि विभागअन्तर्गत केन्द्रीय कृषि प्रयोगशालाको विषादी अवशेष द्रुत विश्लेषण

गर्मीकै कारण फ्रान्समा थप एक हजार जनाको मृत्यु

पेरिस– पश्चिमी युरोपको ठूलो भागमा उष्ण लहरका कारण अपेक्षा गरिएभन्दा

प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित

काठमाडौं– प्रतिनिधिसभाबाट आर्थिक विधेयक २०८३ पारित भएको छ ।   आइतबार

सदनमा अर्थमन्त्रीको जवाफ- विदेश पढ्न जाने विद्यार्थीका लागि मुद्रा सटही शुल्क उचित छ, कर तिर्नैपर्छ 

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रबाट सङ्कलन

पोखरामा २१ औँ रोपाइँ महोत्सव (तस्बिरहरू)

पोखरा– कास्कीको लेखनाथस्थित शिशुवामा पोखरा पर्यटन परिषद्ले आयोजना गरेको २१औँ रोपाइँ