उत्तरी गोरखास्थित सीमा क्षेत्र र सीमा स्तम्भको अनुगमन « Khabarhub

उत्तरी गोरखास्थित सीमा क्षेत्र र सीमा स्तम्भको अनुगमन


११ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा– उत्तरी गोरखाको सामागाउँ र साम्दोस्थित नेपाल प्रहरी र सशस्त्र प्रहरी (बिओपी) को संयुक्त टोलीले नेपाल–चीन सीमा स्तम्भ तथा सीमा इलाकाको संयुक्त अनुगमन गरेको छ ।

चुमनुब्री गाउँपालिका–१ साम्दोमा रहेको बिओपीका सशस्त्र प्रहरी, प्रहरी चौकी सामागाउँका नेपाल प्रहरी, जनप्रतिनिधि र अन्य स्थानीयवासीको संयुक्त टोलीले बुधबार रुइला नाका र त्यहाँ रहेको ३५ नम्बर सीमा स्तम्भ क्षेत्रको अवलोकन हो ।

प्रहरी निरीक्षक आकाश सूचीकारको नेतृत्वमा सामागाउँ प्रहरी चौकीका प्रहरी, वडा सदस्य पासाङ लामा, साम्दो, सामागाउँ र स्याला गाउँका स्थानीयवासीको टोलीले त्यस क्षेत्रको अनुगमन गरेको सशस्त्र प्रहरी गोरखा गुल्मका प्रमुख डिएसपी ढलप्रसाद काफ्लेले जानकारी दिए  । 

उक्त टोलीले समयसमयमा त्यस क्षेत्रको निरीक्षण गरी शान्ति सुरक्षालगायत विषयमा जानकारी हासिल गर्दै आएको छ ।

साम्दोस्थित बिओपीले ग्याला नाका, रुइला नाका र लाजुन नाका क्षेत्रमा सुरक्षा गर्दै आएको छ । छेक्या र बाजु क्षेत्रमा लामो समयदेखि बिओपी स्थापना गर्ने भनिए पनि हालसम्म स्थापना हुन सकेको छैन ।

प्रकाशित मिति : ११ असार २०८३, बिहीबार  १२ : २८ बजे

पाकिस्तानी ब्रोड पिकमा हिमपहिरो, निर्मल पुर्जासहित १० आरोही बेपत्ता

काठमाडौं– प्रसिद्ध पर्वतारोही निर्मल पुर्जा पाकिस्तानको ब्रोड पिक हिमालमा आएको

देवानगञ्ज घटनामा मृतकका परिवार र सरकारबीच ७ बुँदे सम्झौता, शहीद घोषणा प्रक्रिया अघि बढाइने

काठमाडौँ– सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कमानागाछीमा यही साउन १० गते भएको

‘मास्टर्नी’ले फर्काउला त प्रियंकाको गुमेको क्रेज ?

काठमाडौँ – दशकको अवधिका एक–दुई नायक–नायिका प्राइममा रहन्छन् । नयाँ

देशभर मनसुनी वायुको प्रभाव, केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

व्यावसायिक अधिकार बेच्ने फिफाको योजनाप्रति युइएफएको आपत्ति, विश्वकप बहिष्कारको चेतावनी

एजेन्सी— अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) ले विश्वकप र आफ्ना अन्य