उत्तरी गोरखास्थित सीमा क्षेत्र र सीमा स्तम्भको अनुगमन « Khabarhub

उत्तरी गोरखास्थित सीमा क्षेत्र र सीमा स्तम्भको अनुगमन


११ असार २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा– उत्तरी गोरखाको सामागाउँ र साम्दोस्थित नेपाल प्रहरी र सशस्त्र प्रहरी (बिओपी) को संयुक्त टोलीले नेपाल–चीन सीमा स्तम्भ तथा सीमा इलाकाको संयुक्त अनुगमन गरेको छ ।

चुमनुब्री गाउँपालिका–१ साम्दोमा रहेको बिओपीका सशस्त्र प्रहरी, प्रहरी चौकी सामागाउँका नेपाल प्रहरी, जनप्रतिनिधि र अन्य स्थानीयवासीको संयुक्त टोलीले बुधबार रुइला नाका र त्यहाँ रहेको ३५ नम्बर सीमा स्तम्भ क्षेत्रको अवलोकन हो ।

प्रहरी निरीक्षक आकाश सूचीकारको नेतृत्वमा सामागाउँ प्रहरी चौकीका प्रहरी, वडा सदस्य पासाङ लामा, साम्दो, सामागाउँ र स्याला गाउँका स्थानीयवासीको टोलीले त्यस क्षेत्रको अनुगमन गरेको सशस्त्र प्रहरी गोरखा गुल्मका प्रमुख डिएसपी ढलप्रसाद काफ्लेले जानकारी दिए  । 

उक्त टोलीले समयसमयमा त्यस क्षेत्रको निरीक्षण गरी शान्ति सुरक्षालगायत विषयमा जानकारी हासिल गर्दै आएको छ ।

साम्दोस्थित बिओपीले ग्याला नाका, रुइला नाका र लाजुन नाका क्षेत्रमा सुरक्षा गर्दै आएको छ । छेक्या र बाजु क्षेत्रमा लामो समयदेखि बिओपी स्थापना गर्ने भनिए पनि हालसम्म स्थापना हुन सकेको छैन ।

प्रकाशित मिति : ११ असार २०८३, बिहिबार  १२ : २८ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र