मतपत्रबाट ‘ज्वाला’ गायब भएपछि आक्रोशित हुँदै भनिन्- मलाई मत दिनेहरू झुक्किए « Khabarhub

मतपत्रबाट ‘ज्वाला’ गायब भएपछि आक्रोशित हुँदै भनिन्- मलाई मत दिनेहरू झुक्किए


११ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्यका उम्मेदवार ज्वाला संग्रौलाले मतपत्रमा आफ्नो परिचित नाम हटाइएको भन्दै आपत्ति जनाएकी छन् ।  

बिहीबार रास्वपा महाधिवेशन स्थल चितवनमा सञ्चारकर्मीसंग कुरा गर्दै संग्रौलाले सुरुदेखि नै आफ्नो परिचित नाम ज्वाला भए पनि मतपत्रमा टिका संग्रौलामा राखिएकाले मत दिनेहरू झुक्किएको भन्दै आपत्ति जनाएकी हुन् । 

मतपत्रमा ज्वाला नाम नदेख्दा प्रतिनिधिहरूले आफूहरूलाई भोट नहाली आएको उनको दाबी छ । उनले नियतवश वा प्राविधिक त्रुटि हो भन्ने विषयमा अनुसन्धानको माग गर्दै निर्वाचन समितिमा निवेदन दिएको जानकारी दिइन् । 

उनले मतपत्रमा अन्य उम्मेदवारहरूको परिचित नाममा नै उल्लेख गरिएको र आफ्नो भने टीका संग्रौला राखिएकाले षडयन्त्र भएको हुनसक्ने तर्क गरिन्  ।

प्रकाशित मिति : ११ असार २०८३, बिहीबार  १ : १२ बजे

आन्तरिक राजस्व कार्यालय विराटनगरबाट दश अर्ब राजस्व सङ्कलन

विराटनगर– आन्तरिक राजस्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२–८३ मा १०

राष्ट्र बैंकबाट भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

काठमाडौँ– नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थाहरूले ‘वालेट’ खोल्ने

केही स्थानमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सारिँदै

काठमाडौँ– प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको