सर्वोच्चले दिएन विष्णु पौडेलको पक्षमा अन्तरिम आदेश, सरकारसँग सोध्यो पक्राउ गर्नुको कारण « Khabarhub

सर्वोच्चले दिएन विष्णु पौडेलको पक्षमा अन्तरिम आदेश, सरकारसँग सोध्यो पक्राउ गर्नुको कारण


११ असार २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


924
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई थुनामुक्त गर्न माग गर्दै दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। यससँगै पौडेललाई हिरासतमै राखेर अनुसन्धान गर्ने बाटो सरकारलाई खुला भएको छ।

सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले बिहीबार सुनुवाइ गर्दै सकारका नाममा पक्राउ गर्नु कारण खुलाउने आदेश भएको हो।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रअनुसार प्रहरीले सोमबार पौडेललाई सुर्खेतको शुभ होटलबाट पक्राउ गरी माइक्रो बसमा हालेर काठमाडौं ल्याएको थियो।

पौडेललाई पक्राउ गर्नुपर्ने पर्याप्त कानुनी आधार नभएको जिकिर गर्दै रिट परेको थियो । उक्त रिट उनकी श्रीमतीले हालेकी थिइन् ।

थुना बाहिरै बसेर मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने माग रिट निवेदनमा उल्लेख गरिए पनि सर्वोच्चले सरकारका लागि अनुसन्धानको बाटो खोलिदिएको हो ।

पौडेललाई पक्राउ गर्न आदेश दिने विपक्षी निकाय सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागसँग पक्राउ गर्नु पर्नाको लिखित कारण दिन पनि सर्वोच्चले भनेको छ।

उक्त कारणसहितको लिखित जवाफ आएपछि अर्को पेशीमा आवश्यक निर्णय लिने तयारी सर्वोच्चले गरेको ।

प्रकाशित मिति : ११ असार २०८३, बिहिबार  १ : ३७ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र