सर्वोच्चले दिएन विष्णु पौडेलको पक्षमा अन्तरिम आदेश, सरकारसँग सोध्यो पक्राउ गर्नुको कारण « Khabarhub

सर्वोच्चले दिएन विष्णु पौडेलको पक्षमा अन्तरिम आदेश, सरकारसँग सोध्यो पक्राउ गर्नुको कारण


११ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


924
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई थुनामुक्त गर्न माग गर्दै दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। यससँगै पौडेललाई हिरासतमै राखेर अनुसन्धान गर्ने बाटो सरकारलाई खुला भएको छ।

सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले बिहीबार सुनुवाइ गर्दै सकारका नाममा पक्राउ गर्नु कारण खुलाउने आदेश भएको हो।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रअनुसार प्रहरीले सोमबार पौडेललाई सुर्खेतको शुभ होटलबाट पक्राउ गरी माइक्रो बसमा हालेर काठमाडौं ल्याएको थियो।

पौडेललाई पक्राउ गर्नुपर्ने पर्याप्त कानुनी आधार नभएको जिकिर गर्दै रिट परेको थियो । उक्त रिट उनकी श्रीमतीले हालेकी थिइन् ।

थुना बाहिरै बसेर मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने माग रिट निवेदनमा उल्लेख गरिए पनि सर्वोच्चले सरकारका लागि अनुसन्धानको बाटो खोलिदिएको हो ।

पौडेललाई पक्राउ गर्न आदेश दिने विपक्षी निकाय सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागसँग पक्राउ गर्नु पर्नाको लिखित कारण दिन पनि सर्वोच्चले भनेको छ।

उक्त कारणसहितको लिखित जवाफ आएपछि अर्को पेशीमा आवश्यक निर्णय लिने तयारी सर्वोच्चले गरेको ।

प्रकाशित मिति : ११ असार २०८३, बिहीबार  १ : ३७ बजे

गोरखामा भेटिएका २९ शवको अन्त्येष्‍टि गरियो

गोरखा– भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको बगरमा

पूर्वाञ्चल विश्वविद्यालयका कर्मचारीको तलब विपद् कोषमा जम्मा गरिने

काठमाडौं–  प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउन

भोटेकोशी बाढी : राहत सामग्रीका विषयमा मन्त्री चौधरीले गरिन् सांसदसँग छलफल

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले भोटेकोशी बाढी प्रभावित

रसुवा बाढी : २ सय २७ शव व्यवस्थापनका लागि लगिँदै

चितवन – रसुवा क्षेत्रमा आएको बाढीमा परी नारायणी नदीमा भेटिएका बेवारिसे

नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन

काठमाडौं– भोटेकोशी नदीमा गएको बाढीबाट नौ वटा जलविद्युत् आयोजनाका ५३७