भद्रगोलबीच रास्वपाका १३ सय ५२ प्रतिनिधिले गरेनन् मतदान « Khabarhub

भद्रगोलबीच रास्वपाका १३ सय ५२ प्रतिनिधिले गरेनन् मतदान


११ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

कााठमाडौं- चितवनमा पाँच दिनदेखि जारी राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा नयाँ नेतृत्वका लागि भएको मतदानमा २९ सय ५९ मत मात्रै खसेको छ ।

जम्मा चार हजार तीन सय ११ प्रतिनिधि सहभागी भएको यो महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि १३ सय ५२ प्रतिनिधिहरू मतदान नगरी बाटो लागेका हुन्।

भरतपुरमा जारी महाधिवेशन अति नै भद्रगोल तरिकाले भइरहेको छ । निर्वाचन हुनु अघिसम्म पनि महाधिवेशन प्रतिनिधिको टुंगो लागेको थिएन।

महाधिवेशनमा ९९ जना केन्द्रीय सदस्यका लागि ३ सय ८४ जना उम्मेदवार छन् । विद्युतीय मतपेटिकामा भोट खसेकाले चाँडै मतपरिणाम आउने अपेक्षा ५ । त्यसपछि पदाधिकारी पदका लागि दोस्रो चरणको मतदान तय गरिएको छ।

यता केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका नेताहरुले निर्वाचनमा षड्यन्त्र भएको आरोप लगाएका छन् ।

उनीहरूले सामाजिक सञ्जालमै आक्रोश पोखेका छन् । रास्वपामा नेतृत्व चयनका लागि बुधबार मध्यरातदेखि मतदान भएको थियो ।

उम्मेदवारको क्रम संख्या,क्लस्टर,वर्णानुक्रम तलमाथि पारिएको आरोपसँगै राति नै आफू निकटहरूलाई जिताउन विभिन्न उपाय अपनाइएको आरोप आएको थियो ।

पार्टीमा अन्य दलको झैँ गुट-उपगुट निषेध हुने भनिएको थियो । तर वरिष्ठ नेता बालेन शाह पक्षले चिट नै बाँडेको पाइएको छ।

बालेन पक्षले मध्यराति सूची बाँडेको कुरा बाहिरिएको थियो । बिहीबार बिहान अर्को पक्षका उम्मेदवारको क्रम संख्या र वर्णानुक्रम बिगारेर भोटिङ मेशिनमा अपलोड गरेको आरोप पनि लगाएको थियो । ज्वाला संग्रौला र आशिका तामाङसहितको आक्रोश चुलिएको छ।

प्रकाशित मिति : ११ असार २०८३, बिहीबार  २ : ४२ बजे

पाकिस्तानी ब्रोड पिकमा हिमपहिरो, निर्मल पुर्जासहित १० आरोही बेपत्ता

काठमाडौं– प्रसिद्ध पर्वतारोही निर्मल पुर्जा पाकिस्तानको ब्रोड पिक हिमालमा आएको

देवानगञ्ज घटनामा मृतकका परिवार र सरकारबीच ७ बुँदे सम्झौता, शहीद घोषणा प्रक्रिया अघि बढाइने

काठमाडौँ– सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कमानागाछीमा यही साउन १० गते भएको

‘मास्टर्नी’ले फर्काउला त प्रियंकाको गुमेको क्रेज ?

काठमाडौँ – दशकको अवधिका एक–दुई नायक–नायिका प्राइममा रहन्छन् । नयाँ

देशभर मनसुनी वायुको प्रभाव, केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

व्यावसायिक अधिकार बेच्ने फिफाको योजनाप्रति युइएफएको आपत्ति, विश्वकप बहिष्कारको चेतावनी

एजेन्सी— अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) ले विश्वकप र आफ्ना अन्य