नाटोमाथि इरानले लगायो यस्तो आरोप « Khabarhub

नाटोमाथि इरानले लगायो यस्तो आरोप


११ असार २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इरानले नाटोमाथि आफूविरुद्धको अमेरिका–इजरायल युद्धमा प्रत्यक्ष संलग्न भएको आरोप लगाएको छ । नाटो महासचिव मार्क रुटले अमेरिकी सैन्य कारबाहीमा केही सदस्य राष्ट्रहरूले सहयोग गरेको उल्लेख गरेपछि तेहरानले त्यसको कडा विरोध जनाएको हो ।

इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले बिहीबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै नाटो प्रमुखको अभिव्यक्तिलाई अन्तर्राष्ट्रिय कानूनविपरीत युद्धमा गठबन्धनको सक्रिय संलग्नताको स्वीकारोक्ति भएको बताए । उनले सार्वभौम राष्ट्रविरुद्ध गरिएको आक्रमणमा नाटोको भूमिका संयुक्त राष्ट्रसङ्घीय बडापत्र र अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन भएको आरोप लगाए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको युद्धमा पर्याप्त समर्थन नगरेको भन्दै केही सहयोगी राष्ट्रहरूको आलोचना गरेपछि नाटो महासचिव रुटले अमेरिकी टेलिभिजन फक्स न्युजसँगको अन्तर्वार्तामा विभिन्न सदस्य राष्ट्रहरूले सहयोग गरेको बताएका थिए । उनका अनुसार इटालीस्थित अमेरिकी सैन्य आधारहरूबाट ‘अपरेसन एपिक फ्युरी’ का क्रममा सयौँ अमेरिकी विमानले उडान भरेका थिए ।

रुटले इरानविरुद्धको सैन्य अभियानका लागि सहयोगी राष्ट्रहरूले आफ्ना आधार र पूर्वाधार उपलब्ध गराएको पनि उल्लेख गरेका थिए । उनले रोमानियाले पनि युद्धका क्रममा केही व्यावसायिक उडान सीमित गरेर अमेरिकी ट्याङ्कर विमानका लागि विमानस्थलको सुविधा उपलब्ध गराएको बताएका थिए ।

ट्रम्प प्रशासनको दोस्रो कार्यकाल सुरुदेखि नै नाटो सदस्य राष्ट्रहरूसँगको सम्बन्धमा तनाव देखिएको छ । मध्यपूर्वमा सैन्य हस्तक्षेप आवश्यक छ कि छैन भन्ने विषयमा गठबन्धनभित्र मतभेद रहँदै आएको छ । यसबीच इटालीले भने रुटको अभिव्यक्तिबाट आफूलाई अलग राखेको छ ।

इटालीको रक्षा मन्त्रालयले उनको भनाइले स्वीकृत उडानहरूको प्रकृतिबारे भ्रम सिर्जना गरेको जनाएको छ । इटालीले अमेरिका–इटालीबीच विद्यमान सम्झौताअनुसार ‘अपरेसन एपिक फ्युरी’ का क्रममा केवल प्राविधिक तथा रसदसम्बन्धी अमेरिकी उडानहरूलाई मात्र अनुमति दिइएको स्पष्ट पारेको छ । नाटो प्रमुखको अभिव्यक्तिपछि इरानले गठबन्धनमाथि प्रत्यक्ष आरोप लगाएसँगै इरान–पश्चिम सम्बन्धमा थप तनाव बढ्ने सङ्केत देखिएको छ ।

प्रकाशित मिति : ११ असार २०८३, बिहिबार  ३ : ५६ बजे

अफगानिस्तानको विद्यालयमा विस्फोट, सात जनाको मृत्यु, ९० भन्दा बढी घाइते

एजेन्सी- अफगानिस्तानको पूर्वी कुनार प्रान्तस्थित एक विद्यालयमा शनिबार भएको विस्फोटमा परी

बेलायतमा सवारीसाधन उत्पादन ४ प्रतिशतले बढ्यो

एजेन्सी- बेलायतमा सवारीसाधन उत्पादन गत वर्षको अक्टोबरको तुलनामा यस वर्षको सोही

भिक्टोरिया निर्वाचनमा कन्जरभेटिभको जितको सम्भावना

काठमाडौँ- अस्ट्रेलियाको भिक्टोरिया राज्यमा शनिबार सम्पन्न निर्वाचनमा कन्जरभेटिभ लिबरल–नेसनल गठबन्धनले

झारफुकको भाइरल भिडियो प्रकरण : जुम्लामा एक जना पक्राउ

काठमाडौं- झारफुक गर्ने भन्दै सामाजिक सञ्जालमा भाइरल बनेको भिडियो प्रकरणमा

राष्ट्रपति पौडेलद्वारा हनुमानढोकामा देवीनाच अवलोकन

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले १२ वर्षे देवीनाच पर्वका अवसरमा हनुमानढोकामा आयोजित