ओमानमा नेपाल-ओमान आर्थिक सहकार्य प्रवर्द्धन कार्यक्रम आयोजना « Khabarhub

ओमानमा नेपाल-ओमान आर्थिक सहकार्य प्रवर्द्धन कार्यक्रम आयोजना


११ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ओमानस्थित नेपाली राजदूतावासले नेपाल र ओमानबीच व्यापार, लगानी, पर्यटन तथा रोजगारीका अवसर प्रवर्द्धन गर्ने उद्देश्यले ‘समृद्धिका लागि आर्थिक साझेदारी’ शीर्षकमा विशेष कार्यक्रम आयोजना गरेको छ ।

बुधबार आयोजित कार्यक्रममा विभिन्न कम्पनी तथा ‘सुपरमार्केट’का प्रमुख कार्यकारी अधिकृत, निर्देशक, प्रबन्धक, सञ्चारकर्मी, नेपाली उद्यमी र ओमानस्थित नेपाली समुदायका प्रतिनिधिसहित १०० भन्दा बढीको सहभागिता थियो ।

त्यस अवसरमा ओमानका लागि नेपाल  राजदूत डोरनाथ अर्यालले नेपालमा व्यापार, लगानी तथा पर्यटनका प्रशस्त सम्भावना रहेका बताउँदै वैदेशिक लगानीका प्राथमिकताका क्षेत्रबारे विस्तृत रुपमा जानकारी दिए । 

उक्त राजदूतावासका अनुसार उनले ओमानी लगानीकर्तालाई नेपालमा उपलब्ध अवसरहरूको खोजी गर्न आग्रह गर्दै नेपाल भारत र चीनजस्ता तीव्र गतिमा विकासोन्मुख दुई ठूला अर्थतन्त्रबीच अवस्थित रहेकाले व्यापार, लगानी र पर्यटनका लागि महत्त्वपूर्ण सेतु बन्नसक्ने बताए।

कर्पोरेट तथा मुद्दा मामिलासम्बन्धी अधिवक्ता खावला मोहम्मद अल सदुनीले ओमानको श्रम ऐन तथा नियमावलीका व्यावहारिक पक्षका साथै श्रमिक र रोजगारदाताले पालना गर्नुपर्ने कानुनी व्यवस्थाका तथा श्रमसम्बन्धी विवाद समाधानका उपायबारे चर्चा गरेका थिए।

कार्यक्रममा नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता तथा पर्यटन सम्भावनालाई समेटिएको भिडियो प्रदर्शन गरिएको थियो । सहभागीहरूलाई नेपाल र ओमानबीच व्यापार, लगानी तथा पर्यटन क्षेत्रमा सम्भावित सहकार्य विस्तार गर्न प्रोत्साहित गरिएको थियो ।

प्रकाशित मिति : ११ असार २०८३, बिहीबार  ५ : ०३ बजे

गोरखामा भेटिएका २९ शवको अन्त्येष्‍टि गरियो

गोरखा– भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको बगरमा

पूर्वाञ्चल विश्वविद्यालयका कर्मचारीको तलब विपद् कोषमा जम्मा गरिने

काठमाडौं–  प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउन

भोटेकोशी बाढी : राहत सामग्रीका विषयमा मन्त्री चौधरीले गरिन् सांसदसँग छलफल

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले भोटेकोशी बाढी प्रभावित

रसुवा बाढी : २ सय २७ शव व्यवस्थापनका लागि लगिँदै

चितवन – रसुवा क्षेत्रमा आएको बाढीमा परी नारायणी नदीमा भेटिएका बेवारिसे

नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन

काठमाडौं– भोटेकोशी नदीमा गएको बाढीबाट नौ वटा जलविद्युत् आयोजनाका ५३७