उष्ण लहरको चेतावनीपछि दुई आणविक रियाक्टर बन्द « Khabarhub

उष्ण लहरको चेतावनीपछि दुई आणविक रियाक्टर बन्द


११ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

पेरिस- फ्रान्सको मुख्य ऊर्जा प्रदायक कम्पनीले बिहीबार दुई आणविक रियाक्टर बन्द गरेको छ । उच्च उष्ण लहरका कारण नदीहरूको पानी तात्दै गएको अवस्थामा अत्यधिक तातो पानी नदीमा नछोड्नका लागि यो पर्यावरण संरक्षण उपाय अपनाइएको हो ।

देशको विद्युत उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने पावर प्लान्टहरूले रियाक्टरलाई चिस्याउन नदीको पानी प्रयोग गर्छन्, जसले पानी तताउँछ र त्यसपछि सोही पानी नदीमा फिर्ता छोडिन्छ । यसले वातावरणलाई तताउँछ र उष्णलहरको जोखिम निम्त्याउँछ ।

‘इलेक्ट्रिसाइड डे फ्रान्स (इडिएफ)’ ऊर्जा समूहले बिहीबार उत्तरी फ्रान्सको सेन नदीमा रहेको ‘नोगेन्ट–सुर–सेन पावर प्लान्ट’ र दक्षिण–पूर्वी शहर लियोन नजिकैको रोन नदीमा रहेको ‘बुगेय प्लान्ट’मा दुई रियाक्टर अस्थायी रूपमा बन्द गरेको जनाएको छ। यो नदीको तापक्रम सीमालाई पालना गर्नका लागि गरिएको हो ।

सेन नदीबाट निकालिएको पानी र फिर्ता छोडिने पानीबीचको तापक्रम वृद्धिलाई सीमित गर्न नोगेन्ट–सुर–सेन प्लान्टले केही दिनअघि नै अर्को रियाक्टरको उत्पादन घटाइसकेको थियो, यसले जलचर बिरुवा र जनावरको जीवनलाई संरक्षण गर्नेछ ।

फ्रान्सका ५७ आणविक रियाक्टरहरूमा उत्पादन रोक्ने वा घटाउने कार्य नदीहरूमा रहेका बिरुवा तथा जनावरको जीवन रक्षा गर्नका लागि बनाइएका पर्यावरणीय दायित्व पूरा गर्नका लागि गरिन्छ ।

उष्ण लहरका बेला नदीको तापक्रम बढ्दा इडिएफलाई उत्पादन घटाउन वा पूरै रोक्न बाध्य बनाउँछ, ताकि चिस्याउने पानी छोडेर नदीलाई थप तातो हुनबाट जोगाउँछ । फ्रान्स युरोपलाई प्रभावित पारिरहेको घातक रेकर्ड तोड्ने उष्ण लहरबाट सबैभन्दा बढी प्रभावित भएको छ ।

इडिएफले सोमबार नै दक्षिण–पश्चिम फ्रान्सको गारोन नदीमा रहेको गोल्फेच प्लान्टको एउटा रियाक्टर बन्द गरिसकेको थियो र अन्य स्थलहरूमा पनि उत्पादन घटाएको छ। गत वर्ष फ्रान्सको विद्युत उत्पादनको करिब ७० प्रतिशत आणविक ऊर्जाबाट आएको थियो। फ्रान्सको ग्रिड सञ्चालक आरटिईले बुधबार एएफपीलाई बताएअनुसार ‘केही उत्पादन केन्द्रहरूमा उत्पादन रोकिए पनि फ्रान्ससँग विद्युत माग पूरा गर्न पर्याप्त उत्पादन क्षमता छ।

प्रकाशित मिति : ११ असार २०८३, बिहीबार  ७ : २६ बजे

शान्ति र सद्भावका लागि काठमाडौंमा नागरिक र्‍याली

काठमाडौं– शान्ति, सद्भाव र सामाजिक एकताका लागि नागरिक अगुवाहरुले काठमाडौंमा

भ्रामक सूचना र उत्तेजक सामग्री पोस्ट नगर्न प्रहरीको आग्रह

कर्णाली– कर्णाली प्रदेश कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायब महानिरीक्षक जयराज

नेपाल आइपुगिन् बलिउड स्टार शिल्पा शेट्टी 

काठमाडौं– बलिउड अभिनेत्री शिल्पा शेट्टी शुक्रबार काठमाडौं आइपुगेकी छन् ।

धार्मिक सहिष्णुता र राष्ट्रिय एकताका पक्षमा उभिन धार्मिक समुदायका अगुवाको अपिल

काठमाडौं– विभिन्न धार्मिक समुदायका अगुवाहरूले शान्ति, सद्भाव, धार्मिक सहिष्णुता, विधिको शासन

भारतको सहयोगमा दाङको राप्ती आँखा अस्पतालमा नयाँ अपरेसन थिएटर भवन उद्घाटन

काठमाडौं– भारत सरकारको आर्थिक सहयोगमा दाङको तुलसीपुर उपमहानगरपालिका–४ स्थित राप्ती