पदाधिकारीका अधिकांश आकांक्षी बने केन्द्रीय सदस्य, रवि-बालेनले कसरी गराउलान् सर्वसम्मति ? « Khabarhub

पदाधिकारीका अधिकांश आकांक्षी बने केन्द्रीय सदस्य, रवि-बालेनले कसरी गराउलान् सर्वसम्मति ?

दोहोरो पद दिन नहुने नेताहरूको अडान



काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा पदाधिकारीका दाबेदार अधिकांश नेता केन्द्रीय सदस्यमा विजयी भएका छन्।

धेरै दाबेदार केन्द्रीय सदस्यमा विजयी भएपछि पदाधिकारीमा सर्वसम्मतिको सम्भावना कम भएको छ। धेरै नेताहरू महामन्त्री, उपसभापति र सहममन्त्रीका आकांक्षी छन्। उनीहरूले निर्वाचन हुनुपर्ने माग राखिरहेका छन्।

पूर्वसचिवालय सदस्य तथा परराष्ट्रमन्त्री शिशिर खनाल लोकतान्त्रिक प्रक्रिया अनुसार पदाधिकारी चुन्ने प्रक्रिया अघि बढ्ने दाबी गर्छन्।

उनी पदाधिकारीमा पनि निर्वाचन हुनुपर्ने माग उठाएकाले सर्वसहुम्मतिको सम्भावना कम रहेको बताउँछन्। ‘धेरै साथीहरुले पदाधिकारीमा इच्छा जाहेर गर्नुभएको छ, उहाँहरू विजयी हुनुभएको छ। लोकतान्त्रिक प्रक्रियालाई अपनाउनुपर्छ भन्ने माग छ’, खनालले सञ्चारकर्मीसँग भने, ‘केन्द्रीय सदस्य जितेकाहरू स्वत: पदाधिकारीका दाबेदार हुनुहुन्छ। पदाधिकारीको निर्वाचनका लागि निर्वाचन आयोगले कार्यसूची प्रकाशन गर्नेछ।’

यता पदाधिकारीकै दाबेदार एवम् कानुनमन्त्री सोबिता गौतम पनि पार्टीले लोकतान्त्रिक प्रक्रियालाई अगाडि बढाएकाले पदाधिकारीमा सहमति हुने सम्भावना कम रहेको संकेत गर्छिन्। उनी पार्टी विधि र थितिलाई मान्ने भएकाले निर्वाचन प्रक्रियामा सबैले सहमति जनाउने बताउँछिन् । गौतम उपसभापति या महामन्त्रीको दाबेदार हुन्।

पदाधिकारीको आकांक्षी विजयी

राष्ट्रिय स्वतन्त्र पार्टीमा छ जना पदाधिकारीको लागि दोस्रो चरणको निर्वाचन हुनेछ। दोस्रो चरणको निर्वाचनमा सामेल हुन केन्द्रीय सदस्य जितेको हुनुपर्ने विधानमा छ ।

विधान अनुसार अहिले पदाधिकारीमा उठ्न लागेकाहरू अधिकांश विजयी भएका छन् । पदाधिकारीको निर्वाचनका लागि मतदाता केन्द्रीय सदस्य हुनेछन् । केन्द्रीय सदस्यले पदाधिकारी चुन्ने भएकाले आज राति नै निर्वाचन गर्ने तयारी भएको देखिन्छ।

पदाधिकारीमा इच्छा जाहेर गर्ने नेताहरू स्वर्णिम वाग्ले, शिशिर खनाल विराजभक्त श्रेष्ठ गणेश पराजुलीमा अधिकारी सोबिता गौतम तोशीमा कार्की निशा डाँगी इन्दिरा राना विपिनकुमार आचार्य कविन्द्र बुर्लाकोटी असिम शाह, मनिष झा, रन्जु दर्शना समीक्षा बास्कोटा प्रदीपचन्द्र परियार खगेन्द्र सुनुवार लगायतले जितेका छन्।

विजयी उम्मेदवारको नामावली प्रकाशन हुन बाँकी रहेकाले केही नाम तलमाथि हुनसक्ने सम्भावना छ।

‘अधिकांश पदाधिकारीको दावेदारले निर्वाचन जितेको अवस्था छ त्यसकारण निर्वाचन गर्नैपर्ने चुनौती चाहिँ छ तर राजनीतिमा सर्वसहमतिको प्रयास भने जारी हुन्छ’, पार्टीका एक पदाधिकारीले भने, ‘लोकतन्त्रलाई विश्वास गर्ने पार्टी भएकाले निर्वाचनमा जाउँ भन्ने पक्षमै छौँ। धेरै साथीहरू निर्वाचनमा जाँदा मन्त्री र पदमा भएकाहरू विजयी हुने अवस्था छ । आउनै पर्नेहरू छुट्ने भएकाले सहमति गरौं भन्ने पक्षमा पनि हुनुहुन्छ ।’

रवि-बालेन भर्चुअल छलफल

केन्द्रीय सदस्यको मत परिणाम सार्वजनिक भएपछि सभापति लामिछाने र वरिष्ठ नेता शाह छलफलमा छन् । बालेनको सचिवालयका एक सदस्यका अनुसार सर्वसम्मतिका लागि दुई नेताबीच कुराकानी भएको हो।

कुराकानीका क्रममा रविले धेरै नेताहरू पदाधिकारीमा आकांक्षी रहेकाले निर्वाचनमार्फत अगाडि बढ्नुपर्ने प्रस्ताव राखेका थिए । वरिष्ठ नेता बालेनले मिलेसम्मको पद मिलाउन र अन्तिम अवस्थामा मात्रै निर्वाचनको बाटो रोज्न रविलाई सुझाव दिएका छन्।

निर्वाचनको बाटो रोज्दा मन्त्री र पावरमा भएका व्यक्तिहरूले सिधै पदाधिकारीमा जित्ने र अरु आउनै पर्ने व्यक्ति पदाधिकारीमा आउन नसक्ने अवस्था भएकाले पनि रवि बालेनले सहमति गर्न लागेको स्रोत बताउँछ ।

‘तपाईँले केन्द्रीय सदस्यको निर्वाचनको मत परिणाम हेर्दै थाहा पाउनुभयो होला। मन्त्री र पावरमा भएका व्यक्तिहरूको मत २०० नागेको छ। अरु व्यक्तिहरुको मत एक हजार र १५०० मुनि देखिन्छ त्यसकारण पावरमा भएको व्यक्तिले सोझै पदाधिकारीमा जित्ने अवस्था छ’, एक नेताले भने, ‘पहिलो महाधिवेशनले एकता र सबैलाई पदीय जिम्मेवारी दिनुपर्ने कारण पनि कतिपय व्यवहारिक पाटा मिलाउनुपर्ने हुन्छ, त्यसकारण सर्वसमितिका प्रयत्नहरु जारी छन्।’

पार्टीमा अहिले मन्त्री नभएका र पार्टी चलाइरहेका नेताहरू दोहोरो भूमिका दिनु नहुने पक्षमा छन्। नेता कवीन्द्र बुर्लाकोटी र मनिष झा लगायतका मन्त्री भएकालाई पदाधिकारीमा ल्याउँदा अरुलाई अन्याय हुने आवाज उठाइरहेका छन् ।

तर केही मन्त्रीहरूलाई पनि पदाधिकारीमा समेट्नुपर्ने बाध्यकारी व्यवस्था भएकाले सबैलाई दोहोरो भूमिका नदिने अवस्था नरहेको बताइन्छ ।

पदाधिकारी टुङ्ग्याउन रवि-बालेनले आज रातभर निकै कसरत गर्नुपर्ने हुन्छ। निर्वाचन प्रक्रियामा जाँदा पनि पार्टीलाई दुःख गरेको व्यक्ति हार्ने र पदमा भएको समेटिने कारण रवि-बालेन दबाबमा रहेको उनीहरूको सचिवालय बताउँछ ।

छ पदका लागि ३० जना भन्दा बढी नेताले आकांक्षा राखेको देखिन्छ। विभिन्न समूहबाट पार्टीमा प्रवेश गरेकालाई बालेन-रविले केन्द्रीय सदस्य र सचिवालयमा मनोनित गर्न लाग्दा पार्टीकै संस्थापक नेताहरू पदाधिकारीको बलियो दाबेदारमा देखिन्छन्।

महामन्त्री र उपसभापतिमा धेरैको नजर

राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्रीका लागि शिशिर खनाल, विपिनकुमार आचार्य, कविन्द्र बुर्लाकोटी, सोबिता गौतम, मनिसष झा, हरि ढकाल लगायतका नेताहरूले इच्छा जाहेर गरेको देखिन्छ।

यस्तै उपसभापति नबनेमा महामन्त्रीकै लागि गणेश पराजुली लगायत नेताले पनि आकांक्षा राखेका छन् । एकजना उपसभापति खुल्लातर्फ स्वर्णिम वाग्ले गणेश पराजुली विराजभक्त श्रेष्ठ महामन्त्री नभएको खण्डमा कविन्द्र बुर्लाकोटी, असिम शाह लगायतले इच्छा जाहेर गरेका छन् । यस्तै महिला उपसभापतिका लागि पनि धेरैले इच्छा जाहेर गरेका छन्। महिला उपसभापतिका लागि समीक्षा बास्कोटा, लीमा अधिकारी तोशिमा कार्की, रञ्जु दर्शना लगायतले दाबी गरेका छन्। महामन्त्रीमा उम्मेदवारी घोषणा गर्नेमा रञ्जु दर्शाना पनि छन्। उनलेे यसअघि उपसभापतिमा दाबी गरेकी थिइन् ।

प्रकाशित मिति : ११ असार २०८३, बिहीबार  १० : २६ बजे

रास्वपा महाधिवेशन : ६ पदमा ३० बढी आकांक्षी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा ६ पदमा ३०

रास्वपाको उपसभापतिमा भिड्दै चार महिला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा अहिलेसम्म चारजना नेतृत्वले

असिम शाह रास्वपा सहमहामन्त्रीको उम्मेदवार बन्ने

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहका प्रमुख सल्लाहका असिम शाहले रास्वपाको

रास्वपा महामन्त्रीमा लड्दैछन् यी ८ नेता

काठमाडौँ । सत्तारुढ रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत आज राति पदाधिकारीको निर्वाचन

रास्वपाको खुला केन्द्रीय सदस्यमा कसले कति मत पाए ?

रास्वपाको केन्द्रीय सदस्यतर्फको मत परिणाम सार्वजनिक भएको छ । कोशी