बाँकेमा ४५ हजार लगानीकर्ता टिएमएसबाट कारोबार गर्दै « Khabarhub

बाँकेमा ४५ हजार लगानीकर्ता टिएमएसबाट कारोबार गर्दै


१० श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

नेपालगन्ज– बाँकेमा शेयर बजारप्रति आकर्षण बढ्दै जाँदा करिब ४५ हजार लगानीकर्ताले अनलाइन कारोबार प्रणाली ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस) खाता खोलेका छन् । 

प्रविधिमा आधारित कारोबार प्रणालीको विस्तारसँगै नयाँ लगानीकर्ताको सहभागिता पनि उल्लेख्य रूपमा बढेको हो ।

इम्पेरियल सेक्युरिटिज कम्पनी लिमिटेड, नेपालगञ्जका प्रमुख उदय अधिकारीका अनुसार लगानीकर्ताले प्रविधिका कारण जहाँबाट पनि कारोबार गर्न सकिने भएकाले टिएमएस प्रयोगकर्ता बढेका हुन् । 

‘अहिले लगानीकर्ता प्रविधिमा अभ्यस्त भइसकेका छन् । त्यसैले नयाँ लगानीकर्ताले सबैभन्दा पहिले टिएमएसको सुविधा खोज्ने गरेका छन्,’ उनले भने ।

उनका अनुसार बाँकेमा हालसम्म ६२ हजार ७९६ जनाले हितग्राही (डिम्याट) खाता खोलेका छन् । तीमध्ये ३७ हजार ३०० पुरुष, २५ हजार ४५९ महिला र ३७ जना अन्य रहेका छन् । करिब १० प्रतिशत खाता भने निष्क्रिय रहेको उनले जानकारी दिए ।

बैंक तथा वित्तीय संस्थाले पनि हितग्राही खाता खोल्ने सुविधा दिन थालेपछि र शेयर बजारबाट आम्दानी गर्न सकिने विषयमा गाउँ–गाउँसम्म जनचेतना बढ्दै गएपछि नयाँ लगानीकर्ता थपिने क्रम तीव्र बनेको उनको भनाइ छ ।

लगानीकर्ता कुलप्रसाद शर्माले प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) मा आवेदन दिनकै लागि पनि धेरैले डिम्याट खाता खोल्ने गरेको बताए । उनका अनुसार वास्तविक लगानीभन्दा पनि अरूलाई देखासिकी गर्ने प्रवृत्तिका कारण पनि हितग्राही खाताको सङ्ख्या बढेको छ ।

नेपालगञ्जमा हाल इम्पेरियल सेक्युरिटिज, कालिका सेक्युरिटिज र प्राइमो सेक्युरिटिजमार्फत शेयर कारोबार हुँदै आएको छ । 

बाँकेसँगै बर्दिया, दाङ, कैलाली, कालीकोट, जुम्लालगायत जिल्लाका लगानीकर्ताले पनि नेपालगञ्जलाई शेयर कारोबारको केन्द्रका रूपमा प्रयोग गर्दै आएका छन् ।

प्रकाशित मिति : १० श्रावण २०८३, आइतबार  ४ : १४ बजे

समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ४ समस्याग्रस्त सहकारीको २२३ जनाको

काठमाडौंको यातायात गुरुयोजना : मास ट्रान्सिट र सुरुङमार्गमा जोड

काठमाडौं– नेपाल सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय

तोलामा एक हजार ५०० बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको

फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको

विपद् व्यवस्थापन र पुनःस्थापनाका लागि पूर्वाधार मन्त्रालयले बनायो ८ कार्यदल

काठमाडौं – पूर्वाधार विकास मन्त्रालयले विपद्पछिको आपतकालीन पुनःस्थापना, राहत तथा