गोसाईकुण्डमा तीन वडाका ४० प्रतिशत मानिस सम्पर्कविहीन छन् : वडाध्यक्ष तामाङ « Khabarhub

गोसाईकुण्डमा तीन वडाका ४० प्रतिशत मानिस सम्पर्कविहीन छन् : वडाध्यक्ष तामाङ



काठमाडौं– चीनको तिब्बत हुँदै रसुवागढी नाकाबाट भोटेकोसीमा आएको बाढीले नुवाकोटको त्रिशूली र बेत्रावती बजारक्षेत्रमा अकल्पनीय क्षति गरेको छ । बाढी यति ठूलो थियो कि शताब्दीऔँदेखिका बजार क्षेत्र र सडक, पुलसहितका संरचना ध्वस्त भएका छन् ।

उक्त बाढीले रसुवाको गोसाईंकुण्ड गाउँपालिकाका तीन वडा २,३ र ५ का करिब ४० प्रतिशत मानिस सम्पर्कविहीन रहेको वडाध्यक्ष वडाध्यक्ष मिङमार छिरिङ तामाङ ले बताएका छन् ।

उनै वडाध्यक्ष तामाङसँग खबरहबले गरेको संक्षिप्त कुराकानी :

अहिले त्यहाँको अवस्था कस्तो छ ?

टिमुरे र स्याफ्रुबेँसी गाउँ नै छैन । उहाँहरू उद्धारका लागि याचना गरिरहनुभएको छ । हामीले पनि सक्दो पहल गरिरहेका छौँ  । ४० प्रतिशत मान्छे कोही रूखमा त कोही डाँडामा बसेको भन्दै उद्धारको पर्खाइमा रहेको बताइरहनुभएको छ । हामीले पर्याप्त रुपमा हेलिकप्टर पठाउनका लागि गृहमन्त्रीलाई अनुरोध गरिरहेका छौँ। 

जनता गुहार गुहार भनिरहनु भएको छ, आफ्नो मन रोइरहेको छ। कसो गर्ने के गर्ने केही सोच्नै सकेको छैन । म पनि कामले काठमाडौँ नै आएको थिएँ। बरु जनतासँगै उहीँ बस्न पाएको हुने रहेछ जस्तै भइसक्यो । घटेकोला गाउँ  बचेको छ कि छैन हामीलाई पनि थाहा छैन। मेरो विचारमा ४० प्रतिशत मानिसहरू सम्पर्कविहीन हुनुभएको छ। धनको क्षतिको त एकिन विवरण नै छैन। 

कति क्षेत्र चाहिँ प्रभावित छन् ?

रसुवाको सीमा केरुङमा  पोहोर जहाँ खोला बगेको थियो, फेरि त्यही अवस्थामा पुगेको छ ।  विहान ९ बजे आएको घटना हो। अब अहिले यति क्लियर नै छैन। यति घटना भयो भन्ने भन्न सक्दैन । मेरो विचारमा हाम्रो ४० प्रतिशत मान्छे, टिमुरे र स्याप्रबेँसीमा क्षति भयो । अनगिन्ती मानिस सम्पर्कविहीन छन् । 

अहिले उद्दार पर्याप्त छ कि छैन भूगोलको अवस्था कस्तो छ ?

स्याप्रुबेसी र टिमुरेमा फोन कन्ट्याक्ट भएको छैन । भागेर केही मान्छेहरू डाँडामा बस्नुभएको छ रे। डाँडामा पुगेका व्यक्तिहरू अलिअलि भागेर यहाँ पुगेका छौँ भन्नुभएको छ। यति हो भनेर क्लियर रूपमा भन्न सक्ने अवस्था छैन । 

त्यसो भए तीनवटा वडा बढी प्रभावित छन् हो ?

गोसाईकुण्डको २,३, ५ नम्बर वडामा असर परेको छ। यहाँका धेरै मान्छे सम्पर्कविहीन हुनुहुन्छ। ६० प्रतिशत मान्छे मात्रै सम्पर्कमा आउँदै हुनुहुन्छ तर तत्काल उहाँहरूलाई उद्धारको आवश्यक छ। 

उद्दारहरू पर्याप्त छ ? 

गृहमन्त्रीको आदेशबाट उद्धार कार्य भइरहेको छ । उद्धारका लागि हेलिकप्टर पुगेपनि ल्यान्ड हुन नसकेको अवस्था देखिन्छ। साथीहरूलाई नआत्तिन आग्रह गर्दछु। र सुरक्षित ठाउँमा सकेजति जान अनुरोध गर्दछु । 

के गरिदिए थप क्षति हुने थिएन ?

फसेका मान्छेहरूलाई काठमाडौँमा उद्धार गरेर ल्याउनुपर्‍यो  । सम्भव भएसम्मको अमूल्य वस्तुहरूलाई उद्धार गर्ने प्रयत्न गर्नुपर्‍यो । राज्यको सम्पूर्ण सुरक्षा निकाय परिचालन गरेर भएपनि त्यहाँको अवस्थालाई सामान्यकरणतर्फ लानका लागि पहल गर्नुपर्‍यो। स्थानीयलाई नआत्ति काम गर्न अनुरोध गर्दछु ।

प्रकाशित मिति : १० भाद्र २०८३, बुधबार  १२ : ४७ बजे

मुख्यमन्त्री कार्यालयमा आपत्कालीन बैठक सुरु, मुख्यमन्त्री थापाद्धारा सावधानी अपनाउन अनुरोध

हेटौँडा– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरको अध्यक्षतामा अहिले मुख्यमन्त्री कार्यालयमा आपत्कालीन

भोटेकोसी बाढीपीडितको उद्धारमा सेनासहितको टोली, १२ जनालाई हेलिकप्टर सुरक्षित स्थानमा लग्यो

काठमाडौं- भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित रसुवाका नागरिकको उद्धार धमाधम

सांसदको प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम स्थगित

काठमाडौं– प्रतिनिधिसभा बैठकमा आज हुने भनिएको प्रधानमन्त्री वालेन्द्र शाहसँगको प्रत्यक्ष

बाढीबाट प्रभावित बासिन्दाका लागि नेपाल टेलिकमद्वारा निःशुल्क सेवा

काठमाडौं– नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले भोटेकोशीमा आएको

भोटेकोसीको बाढीमा फसेकाको गुहार : राज्य छ भने हेलिकोप्टरले उद्धार गरिदिनुस्

काठमाडौं- भोटेकोसी नदीमा आएको भीषण बाढीपछि रसुवाको मैलुङमाथि जंगलको ओडारमा