बाढीको विपद्मा सरकारलाई सघाउने विपक्षी दलको प्रतिबद्धता « Khabarhub

बाढीको विपद्मा सरकारलाई सघाउने विपक्षी दलको प्रतिबद्धता


१० भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भोटेकोशी नदीमा आएको बाढीबाट सिर्जित विपद्को समयमा विपक्षी दलले सरकारलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

प्रधानमन्त्री वालेन्द्र शाहले बोलाएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकमा प्रतिनिधिसभाका विपक्षी दलका नेता भिष्मराज आङ्दाम्वेले सरकारलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।

बैठकमा बोल्दै आङ्दाम्वेले सरकारले तत्कालै सक्रियता देखाएकोमा धन्यवाद दिँदै विपद्को समयमा पक्ष र विपक्षभन्दा माथि उठेर सबै एकजुट हुनुपर्ने बताएका छन् । ‘संकटको घडीमा पक्ष-विपक्षभन्दा पनि सबै एकजुट भएर लाग्नुपर्छ,’ उनले भने ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकमा भोटेकोशीमा आएको बाढीबाट अहिलेसम्म भएको जनधनको क्षतिबारे विवरण प्रस्तुत गरिएको थियो ।

बैठकमा प्रधानमन्त्री शाहले उद्धार, राहत तथा खोजी कार्यलाई तीव्र बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । विपद् प्रभावित क्षेत्रमा उद्धार तथा राहतमा सक्रिय भएर जुट्न पनि उनले सरोकारवाला सबैलाई आग्रह गरेका छन् ।

यसैबीच, प्रधानमन्त्री शाहले केहीबेरमा मन्त्रिपरिषद्को बैठकसमेत बोलाएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो ।

प्रकाशित मिति : १० भाद्र २०८३, बुधबार  १२ : ५६ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित