विनाशकारी बाढीपछि केरूङमा चिनियाँ उपप्रधानमन्त्री झाङ गुओछिङ « Khabarhub

विनाशकारी बाढीपछि केरूङमा चिनियाँ उपप्रधानमन्त्री झाङ गुओछिङ


१० भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


594
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चीनको तिब्बततर्फबाट ल्हेन्दे खोला हुँदै आएको भीषण बाढीपछि चीनले उद्धार तथा राहतमा तदारूकता देखाएको छ।

तिब्बतमा हिमपहिरो गएर वा हिमताल फुटेर आएको भनिएको भीषण बाढीका कारण नेपालले अकल्पनीय क्षति व्यहोरेको छ। उता चीनमा पनि यसको क्षति ठूलो देखिएको छ।

बाढीले नेपालतर्फ रसुवागढीसँग व्यापारिक सम्बन्ध रहेको केरुङमा ठूलो क्षति गरेको छ। रसुवागढी नाकास्थित चिनियाँ र नेपाली भन्सार यार्ड पूरै ध्वस्त भएका छन् ।

यस्तो अवस्थाामा राजधानी बेइजिङबाट उपप्रधानमन्त्री तथा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्य झाङ गुओछिङ तिब्बतको ग्यिरोङ काउन्टी पुगेका छन्।

उपप्रधानमन्त्री झाङ विनाशकारी बाढीको क्षति निरीक्षणका लागि केरुङ पुगेका हुन् । यसअघि बुधबार बिहानै चिनियाँ राष्ट्रपति सि चिनफिङ र प्रधानमन्त्री ली छ्याङले उद्धार, राहत तथा जोखिम न्यूनीकरणका लागि सबै उपाय अपनाउन निर्देशन दिएका थिए।

केरूङमा होटल तथा पर्यटन व्यवसाय गर्ने नेपालीको ठूलो संख्या छ । मजदुरी गर्ने पनि उत्तिकै छन् । त्यस्तै, दैनिक सयौँको संख्यामा समान लिन ट्रक ड्राइभर केरुङमा हुन्छन् । त्यहाँ करिब १५ सय नेपाली रहेको अनुमान छ ।

बाढीले टेलिफोन र इन्टरनेट अवरुद्ध भएकाले नाका पारी पुगेकाको अवस्थाबारे दुवै देशका सरकारी निकायले जानकारी लिन सकेका छैनन्। चीनको ग्यिरोङस्थित स्थानीय सरकारले केरुङमा बेइजिङबाट उच्च अधिकारीहरू आउने भने पनि सम्पर्क नहुँदा समस्या भएको बताएका छन्।

बुधबार बिहान चीनतर्फबाट रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले ठूलो धनजनको क्षति भएको छ । यसप्रति चीन सरकारले गम्भीर चासो देखाउँदै उद्धार, राहत तथा पुनर्स्थापनामा खट्न सरकारी संयन्त्र परिचालन गरिसकेको छ ।

रसुवागढी नाका हुँदै कैलाश मानसरोवर तीर्थयात्रामा निस्किएका दर्जनौं नेपाली भोटेकोशी बाढीमा परेको आशंका गरिएको छ । मंगलबार चिनियाँ नाकानजिकै पुगेका ४७ नेपाली पर्यटक बाढीपछि सम्पर्कविहीन छन् ।

हिमालयन ग्लेसियर एडभेञ्चर एण्ड ट्राभल कम्पनीबाट मानसरोवर जानका लागि करिब २१७ जना पर्यटक हिजो रसुवागढी पुगेका थिए । तीमध्ये १७० जना बिहानै कैलाशतर्फ प्रस्थान गरेका छन् । तर, ४७ जना अहिलेसम्म बोर्डर पार गरेको देखिएको छैन। उनीहरू नेपालतर्फ पनि सम्पर्कमा छैनन् ।

प्रकाशित मिति : १० भाद्र २०८३, बुधबार  ५ : १२ बजे

परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाकी गभर्नर–जनरल मोस्टिनबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनबीच भेटवार्ता

लागूऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित

‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’

काठमाडौँ– नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको स्पष्ट

रुसबाट डिजेल आयात गर्ने ट्रम्पको घोषणा

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसबाट ठूलो परिमाणमा डिजेल आयात

पहिरोले बीपी राजमार्ग अवरुद्ध

काभ्रे– काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीबेँसीमा लेदोसहितको पहिरो खसेपछि बीपी राजमार्ग