विनाशकारी बाढीपछि केरूङमा चिनियाँ उपप्रधानमन्त्री झाङ गुओछिङ « Khabarhub

विनाशकारी बाढीपछि केरूङमा चिनियाँ उपप्रधानमन्त्री झाङ गुओछिङ


१० भदौ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


594
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चीनको तिब्बततर्फबाट ल्हेन्दे खोला हुँदै आएको भीषण बाढीपछि चीनले उद्धार तथा राहतमा तदारूकता देखाएको छ।

तिब्बतमा हिमपहिरो गएर वा हिमताल फुटेर आएको भनिएको भीषण बाढीका कारण नेपालले अकल्पनीय क्षति व्यहोरेको छ। उता चीनमा पनि यसको क्षति ठूलो देखिएको छ।

बाढीले नेपालतर्फ रसुवागढीसँग व्यापारिक सम्बन्ध रहेको केरुङमा ठूलो क्षति गरेको छ। रसुवागढी नाकास्थित चिनियाँ र नेपाली भन्सार यार्ड पूरै ध्वस्त भएका छन् ।

यस्तो अवस्थाामा राजधानी बेइजिङबाट उपप्रधानमन्त्री तथा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्य झाङ गुओछिङ तिब्बतको ग्यिरोङ काउन्टी पुगेका छन्।

उपप्रधानमन्त्री झाङ विनाशकारी बाढीको क्षति निरीक्षणका लागि केरुङ पुगेका हुन् । यसअघि बुधबार बिहानै चिनियाँ राष्ट्रपति सि चिनफिङ र प्रधानमन्त्री ली छ्याङले उद्धार, राहत तथा जोखिम न्यूनीकरणका लागि सबै उपाय अपनाउन निर्देशन दिएका थिए।

केरूङमा होटल तथा पर्यटन व्यवसाय गर्ने नेपालीको ठूलो संख्या छ । मजदुरी गर्ने पनि उत्तिकै छन् । त्यस्तै, दैनिक सयौँको संख्यामा समान लिन ट्रक ड्राइभर केरुङमा हुन्छन् । त्यहाँ करिब १५ सय नेपाली रहेको अनुमान छ ।

बाढीले टेलिफोन र इन्टरनेट अवरुद्ध भएकाले नाका पारी पुगेकाको अवस्थाबारे दुवै देशका सरकारी निकायले जानकारी लिन सकेका छैनन्। चीनको ग्यिरोङस्थित स्थानीय सरकारले केरुङमा बेइजिङबाट उच्च अधिकारीहरू आउने भने पनि सम्पर्क नहुँदा समस्या भएको बताएका छन्।

बुधबार बिहान चीनतर्फबाट रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले ठूलो धनजनको क्षति भएको छ । यसप्रति चीन सरकारले गम्भीर चासो देखाउँदै उद्धार, राहत तथा पुनर्स्थापनामा खट्न सरकारी संयन्त्र परिचालन गरिसकेको छ ।

रसुवागढी नाका हुँदै कैलाश मानसरोवर तीर्थयात्रामा निस्किएका दर्जनौं नेपाली भोटेकोशी बाढीमा परेको आशंका गरिएको छ । मंगलबार चिनियाँ नाकानजिकै पुगेका ४७ नेपाली पर्यटक बाढीपछि सम्पर्कविहीन छन् ।

हिमालयन ग्लेसियर एडभेञ्चर एण्ड ट्राभल कम्पनीबाट मानसरोवर जानका लागि करिब २१७ जना पर्यटक हिजो रसुवागढी पुगेका थिए । तीमध्ये १७० जना बिहानै कैलाशतर्फ प्रस्थान गरेका छन् । तर, ४७ जना अहिलेसम्म बोर्डर पार गरेको देखिएको छैन। उनीहरू नेपालतर्फ पनि सम्पर्कमा छैनन् ।

प्रकाशित मिति : १० भदौ २०८३, बुधबार  ५ : १२ बजे

एभ्री बाउन्ड्री काउन्ट्स : एनपीएलका हरेक बाउन्ड्रीमा रेड पान्डा संरक्षणका लागि योगदान दिँदै इसेवा

काठमाडौं– इसेवाले नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ मार्फत दुर्लभ तथा

कोलम्बियाली विद्रोही शिविरमा भेनेजुएलाको आक्रमण, नौ जनाको मृत्यु

काराकास– भेनेजुएलाको सेनाले सीमा क्षेत्रमा रहेको कोलम्बियाली वामपन्थी विद्रोही समूहको

नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त

काठमाडौं- भारतीय उपमहाद्वीपमा मेजरिंग टुल्स उत्पादन गर्ने एक फ्रीमांसले नेपाली क्रिकेटर

घरमै लड्दा टाउकोमा चोट लागेर चर्चित निर्देशक सञ्जय गुप्ताको निधन

काठमाडौं– भारतीय फिल्म उद्योगले एक अनुभवी फिल्मकर्मी गुमाएको छ ।

रास्वपाले ‘क्यान्डिडेट क्लब’ मार्फत स्थानीय तहका उम्मेदवार छान्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका