नैनसिंह महरलाई महामन्त्रीमा अघि बढाउने डडेल्धुरा कांग्रेसको सर्वसम्मत निर्णय « Khabarhub

नैनसिंह महरलाई महामन्त्रीमा अघि बढाउने डडेल्धुरा कांग्रेसको सर्वसम्मत निर्णय


१० आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

डडेल्धुरा- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेता नैनसिंह महरलाई महामन्त्री पदको उम्मेदवारका रूपमा अघि बढाउने डडेल्धुरा कांग्रेसले सर्वसम्मत निर्णय गरेको छ। डडेल्धुरा कांग्रेसको अधिवेशनबाट पारित निर्णयमार्फत देश तथा विदेशबाट महाधिवेशनमा सहभागी हुने सम्पूर्ण महाधिवेशन प्रतिनिधिलाई महरको पक्षमा उभिन अपिल गरिएको छ। अधिवेशनबाट पारित अपिलमा महरलाई इतिहासको सम्मान गर्दै भविष्यको जिम्मेवारी बहन गर्न सक्ने नेतृत्वका रूपमा प्रस्तुत गरिएको छ।

कांग्रेसलाई व्यक्ति र गुटभन्दा माथि उठाएर संस्थागत बनाउँदै बदलिँदो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिअनुसार नयाँ सोच, कार्यशैली र राजनीतिक संस्कारसहित अघि बढाउनुपर्नेमा जोड दिइएको छ। महरले अघि सारेको कांग्रेसलाई ‘इभेन्ट–ड्रिभन’ नभई ‘नलेज–ड्रिभन र नेसन–सेन्ट्रिक’ पार्टी बनाउने अवधारणालाई डडेल्धुरा कांग्रेसले आफ्नो अपिलको प्रमुख आधार बनाएको छ।

संगठन, नीति र कार्यान्वयनबीचको दूरी घटाउँदै कांग्रेसलाई केवल ‘पावर सेन्टर’ नभई ‘पर्फर्मेन्स सेन्टर’ का रूपमा विकास गर्नुपर्ने महरको अवधारणालाई निर्णयमा कांग्रेसको संस्थागत आवश्यकतासँग जोडिएको छ। महरको उम्मेदवारीलाई कुनै व्यक्ति वा समूह विशेषको पक्षमा मात्र नभई कांग्रेसको संगठनात्मक रूपान्तरणसँग जोडिएको राजनीतिक प्रस्तावका रूपमा व्याख्या गरिएको छ। ज्ञानमा आधारित राजनीति, पारदर्शिता, जवाफदेहिता, पुस्तान्तरण तथा राष्ट्रिय हितकेन्द्रित राजनीतिक संस्कार निर्माणलाई उनको नेतृत्व अवधारणाका प्रमुख आधारका रूपमा प्रस्तुत गरिएको छ।

निर्णयमा भनिएको छ, ‘नैनसिंह महरको उम्मेदवारी कुनै व्यक्ति वा समूहको पक्षमा मात्र होइन, कांग्रेसको संगठनात्मक रूपान्तरण, ज्ञानमा आधारित राजनीति, पारदर्शिता, जवाफदेहिता, पुस्तान्तरण र राष्ट्रिय हितकेन्द्रित राजनीतिक संस्कार निर्माणको प्रस्ताव हो।’ डडेल्धुरा कांग्रेसले महरलाई महामन्त्रीमा अघि बढाउने निर्णयसँगै १५औँ महाधिवेशनमा देशका विभिन्न जिल्ला तथा विदेशबाट सहभागी हुने महाधिवेशन प्रतिनिधिसँग समर्थन र अमूल्य मतका लागि औपचारिक अपिलसमेत गरेको छ।

‘इतिहास हाम्रो सम्पत्ति हो, भविष्य हाम्रो जिम्मेवारी हो’ भन्ने मूल सन्देशसहित पारित निर्णयले कांग्रेसलाई समयानुकूल रूपान्तरण गर्दै संगठनलाई थप संस्थागत, जवाफदेही र राष्ट्रिय आवश्यकतासँग जोडिएको पार्टीका रूपमा विकास गर्नुपर्नेमा जोड दिएको छ। डडेल्धुरा कांग्रेसको यो सर्वसम्मत निर्णयले महरको महामन्त्री उम्मेदवारीलाई जिल्लास्तरीय समर्थनबाट अघि बढाउँदै १५औँ महाधिवेशनमा देशभरका महाधिवेशन प्रतिनिधिसमक्ष प्रस्तुत गर्ने आधार तयार गरेको छ।

प्रकाशित मिति : १० आश्विन २०८३, शनिबार  ४ : ०४ बजे

मूलपानी–बोडे जोड्ने मनोहरा पुलमा आवतजावत बन्द

काठमाडौं– काठमाडौंको मूलपानी र भक्तपुरको बोडे जोड्ने मनोहरा खोलाको पुलमा

पहिरोका कारण कोरला सडक अवरुद्ध

मुस्ताङ– लगातार परेको वर्षाका कारण जोमसोम–कोरला सडक आजदेखि अवरुद्ध भएको

राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री शाह स्वदेश फिर्ता

काठमाडौं- संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री बालेन शाह स्वदेश

पहिरोसँग खसेको ढुङ्गा लागेर डोल्पामा एक जनाको मृत्यु

कर्णाली– अविरल वर्षाका कारण खसेको पहिरोमा परी डोल्पामा एक व्यक्तिको

कांग्रेसका अधिकांश निर्वाचन क्षेत्रमा शनिबार क्षेत्रीय अधिवेशन

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अधिकांश सङ्घीय निर्वाचन क्षेत्र र प्रदेशसभा