भारत-इटाली सम्बन्ध नयाँ चरणमा « Khabarhub

भारत-इटाली सम्बन्ध नयाँ चरणमा


१० आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- युरोपेली संघ (इयू) र भारतबीचको द्विपक्षीय व्यापार सम्झौतालाई अन्तिम रूप दिने प्रक्रिया अघि बढिरहँदा इटाली र भारतबीचको सम्बन्ध रणनीतिक साझेदारीको नयाँ चरणमा प्रवेश गरेको छ । युरोपेली आयोगले हालै उक्त सम्झौताको हस्ताक्षर र कार्यान्वयनका लागि काउन्सिल समक्ष औपचारिक प्रस्ताव पेस गरेसँगै विश्वको कुल गार्हस्थ उत्पादनको एक चौथाइ हिस्सा ओगट्ने यो सहकार्यले नयाँ गति लिएको छ ।

यसैबीच, इटालीको जोन क्याबोट विश्वविद्यालयअन्तर्गतको गुआरिनी इन्ष्टिट्युट अफ पब्लिक अफेयर्सले पहिलो इटाली–भारत ट्र्याक १.५ संवाद आयोजना गरेको छ । रोममा सम्पन्न उक्त उच्चस्तरीय संवादमा आगामी सन् २०२७ मा मनाइने कूटनीतिक सम्बन्धको ८०औँ वार्षिकोत्सवलाई मध्यनजर गर्दै व्यापार, रक्षा, प्रविधि, र आपूर्तिको सुरक्षा जस्ता विषयमा गहन छलफल भएको छ ।

रोम र नयाँ दिल्लीले सन् २०२३ मा रणनीतिक साझेदारी सुरु गरेका थिए भने गत मे महिनामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको इटाली भ्रमणका क्रममा यसलाई ‘विशेष रणनीतिक साझेदारी’मा स्तरवृद्धि गरिएको थियो।

दुई देशले सन् २०२९ सम्ममा वार्षिक द्विपक्षीय व्यापार २० अर्ब पुर्याउने महत्त्वाकाङ्क्षी लक्ष्य राखेका छन्। यसबाहेक, रक्षा सहकार्य, समुद्री सुरक्षा, र इन्डो–मेडिटेरेनियन क्षेत्रमा ग्रिड कनेक्टिभिटी तथा व्यापारिक करिडोर विस्तार गर्ने विषयमा समेत दुवै मुलुकबीच सहकार्य तीव्र पारिएको छ।

प्रकाशित मिति : १० आश्विन २०८३, शनिबार  ७ : ३६ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल