भन्सार छली गरी ल्याइएका गरगहनासहित चारजना पक्राउ « Khabarhub

भन्सार छली गरी ल्याइएका गरगहनासहित चारजना पक्राउ


९ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

बागमती– मकवानपुर प्रहरीले भन्सार छलि गरी ल्याइएका चाँदीका विभिन्न किसिमका गरगहना तथा सिक्कासहित चार जनालाई पक्राउ गरेको छ ।

हेटौँडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेकप्वाइन्टमा जाँच गर्ने क्रममा बा ३ च ७०७९ नम्बरको कारको डिक्कीभित्र फल्स बटम बनाइ लुकाइछिपाइ ल्याइएका गरगहना तथा सिक्कासहित उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख श्यामबहादुर खत्रीले जानकारी दिए ।

बरामद गरिएका गहना र सिक्काको बजार मूल्य करिब रु ४० लाख ६९ हजार ६६१ बराबरको जनाइएको छ । ती गहना र सिक्कासहित चाँदीको तौल १४ किलो १८० ग्राम  छ । 

ती सामग्री ओसारपसारमा संलग्न भारत मोतिहारीका रमेशकुमार साह सोनार, चन्दादेवी सोनार, अजित साह सोनार र नन्दनीकुमारी साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ गरिएका व्यक्तिसहित बरामद गरिएको सामग्री भन्सार कार्यालय वीरगञ्ज पठाइएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : ९ कार्तिक २०८३, सोमबार  ५ : ५८ बजे

निजी क्षेत्रसँग मिलेर काम गर्न सरकारसँग हुटहुटी छ : सभामुख अर्याल

गण्डकी– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्र बलियो नभई राज्य

सुदूरपश्चिमविरुद्ध लुम्बिनीको शानदार जित

काठमाडौं- तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा सुदूरपश्चिम

डिजिटल सञ्जालले बदलिँदै हुम्लीको दैनिकी

काठमाडौं– दसैँ घटस्थापनाको दिउँसो अदानचुली गाउँपालिकाको श्रीनगरमा व्यवसायी तिलकबहादुर शाहीको

भक्तपुरका बाटोबाटोमा धान

ख्वप– हिजोआज भक्तपुरमा  फरक दृश्य देख्न सकिन्छ, त्यो हो बाटाबाटोमा धान

गुल्मीमा स्कारपियो दुर्घटना: ६ जनाको मृत्यु, ३ घाइते

गुल्मी – गुल्मीको कालीगण्डकी गाउँपालिका–२ दबौखानीमा बुधबार दिउँसो स्कारपियो दुर्घटना