इलाम– सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म पशुपतिनगरले चालु आर्थिक वर्ष २०८३–०८४ को साउन महिनादेखि मंसिर ९ गतेसम्म अवैध रुपले चोरी पैठारी तथा निकासी भएका १६ लाख ५३ हजार २ सय ५० रुपैयाँ बराबरका विभिन्न सामान तथा चौपाया बरामद गरेको छ ।
सो अवधिमा गुल्मले इलामको सुर्योदय नगरपालिकाको सातवटा छुट्टाछुट्टै ठाउँहरुमा गरेको कारवाहीको क्रममा स्याउ, फर्सिको बियाँ, जुत्ता–चप्पल तथा मदिराजन्य पदार्थ लगायतका सामान बरामद गरेको हो ।
बरामद गरिएका सामानमध्ये १ सय ७८ कार्टुन अर्थात ३ हजार ५ सय ६० किलो स्याउ, २० कार्टुन मदिराजन्य पदार्थ, जुत्ता चप्पल, ५ सय ७० किलो फर्सिको बियाँ लगायतका सामान तथा चौपाया रहेका छन् ।
उक्त सामानहरु सूर्योदय नगरपालिका अन्तर्गत मानेभञ्ज्याङ, चारमाइल तथा नाकापानी सीमा इलाका र खोलागोदाम क्षेत्रबाट बिओपी मानेभञ्ज्याङ र बिओपी छब्बिसे सहितको संतुक्त टोलिले बरामद गरिएको थियो । सीमा क्षेत्रमा हुने अवैध ओसारपसार तथा भन्सार छली नियन्त्रण गर्ने उद्देश्यकासाथ सशस्त्र प्रहरीले निरन्तर गस्ती, पट्रोल र निगरानी गर्दै आएको छ ।














प्रतिक्रिया