काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख सुरेन्द्रलाभ कर्णलाई तोकेका छन्।
राष्ट्रपतिको कार्यालयले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार कोशी प्रदेशको प्रदेश प्रमुख पद रिक्त रहेकाले अर्को नियुक्ति नभएसम्मका लागि कार्यभार सुरेन्द्रलाभ कर्णलाई नै दिइएको हो ।
नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १६५ को उपधारा (२) बमोजिम राष्ट्रपति पौडेलले यो निर्णय गरेका हुन्।
राष्ट्रपतिको कार्यालयका प्रवक्ता श्याम प्रसाद भण्डारीद्वारा जारी विज्ञप्तिमा कोशी प्रदेश प्रमुखको पद रिक्त भएपछि वैकल्पिक व्यवस्था स्वरूप मधेश प्रदेश प्रमुख कर्णलाई जिम्मेवारी दिइएको उल्लेख छ।















प्रतिक्रिया