आईएसमा आबद्ध आठ फ्रान्सेली नागरिकलाई इराकमा आजीवन कारावास « Khabarhub

आईएसमा आबद्ध आठ फ्रान्सेली नागरिकलाई इराकमा आजीवन कारावास


१० मंसिर २०८३, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इराक– स्लामिक स्टेट (आईएस) आतङ्कवादी समूहमा आबद्ध भएको अभियोगमा इराकको एक अदालतले आठ फ्रान्सेली नागरिकलाई आजीवन कारावासको सजाय सुनाएको छ।

अदालतले अन्य दुई जनालाई १५ वर्ष कैद सजाय सुनाएको छ भने बाँकी १० जनाको मुद्दाको फैसला अर्को मितिका लागि स्थगित गरेको छ।

सजाय पाउनेहरू गत वर्ष सिरियाबाट इराक ल्याइएका र गत सेप्टेम्बरदेखि मुद्दा चलाइएका ४७ फ्रान्सेली नागरिकमध्येका हुन्। यसअघि अदालतले सोही मुद्दामा अन्य १५ जनालाई आजीवन र एक जनालाई १५ वर्ष कैद सजाय सुनाइसकेको छ।

फैसला स्थगित गरिएकामध्ये सन् २०१६ मा फ्रान्सको निस सहरमा भएको आतङ्कवादी आक्रमणका दोषीलाई आइएसको समर्थन रहेको दाबी गर्ने एड्रियन गुइहाल पनि छन्। उक्त आक्रमणमा बास्टिल दिवस मनाइरहेका सर्वसाधारणको भीडमा ट्रक कुदाउँदा ८६ जनाको मृत्यु भएको थियो।

त्यस्तै, सिरिया गएका थोमस कोलान्ज र आइएसको प्रचार भिडियोमा देखिएका क्वेन्टिन ले ब्रुनको मुद्दाको फैसला पनि स्थगित भएको छ। आइएसको रेडियो सञ्चालनमा काम गरेका रोमेन गार्नियरलाई भने आजीवन कारावासको सजाय सुनाइएको छ।

सुनुवाइका क्रममा अधिकांश प्रतिवादीले आइएसमा आबद्ध भएको स्वीकार गर्दै पछुतो व्यक्त गरेका थिए। केहीले फ्रान्स फर्कन पाउनुपर्ने मागसमेत गरेका थिए। गुइहालले आफू परिवर्तन भइसकेको र समूहका गतिविधि त्यागेको दाबी गरेका थिए भने कोलान्जले श्रीमती र छोराछोरीलाई समेत सिरिया लगेकोमा पश्चात्ताप व्यक्त गरेका थिए।

फ्रान्सले जिहादी समूहमा आबद्ध व्यक्तिका परिवारका सयौँ सदस्यलाई स्वदेश फर्काए पनि आइएसमा संलग्न भएको आरोप लागेका अधिकांश पुरुषलाई फिर्ता लैजान अस्वीकार गर्दै आएको छ। प्रतिवादीहरूले आफूहरू सिरिया गएको भए पनि इराकमा मुद्दा चलाइनुको कारणबारे प्रश्न उठाएका थिए। तर, इराकले इराक वा सिरियामा आइएसका लागि काम गरेको भए पनि आफ्नो आतङ्कवादविरोधी कानुनअनुसार कारबाही गर्दै आएको छ।

आइएसले सन् २०१४ मा इराक र सिरियाका विभिन्न क्षेत्रमा नरसंहार गर्नुका साथै महिला तथा बालिकालाई यौन दासत्वमा बाध्य पारेको थियो। युरोपसहित विश्वका विभिन्न क्षेत्रबाट हजारौँ व्यक्ति उक्त समूहमा आबद्ध भएका थिए।

अमेरिकाको नेतृत्वमा रहेको गठबन्धनको सहयोगमा इराकले सन् २०१७ मा आइएसलाई पराजित गरेको घोषणा गरेको थियो। त्यसको दुई वर्षपछि अमेरिकी समर्थन प्राप्त कुर्दिश नेतृत्वको सेनाले सिरियामा पनि उक्त समूहलाई परास्त गरेको थियो। यद्यपि, आइएसका अत्याचार र सामूहिक चिहानसम्बन्धी अनुसन्धान अझै जारी छ।

इराकले गत फेब्रुअरीमा सिरियाका कुर्दिश जेलबाट ६० भन्दा बढी देशका पाँच हजार ७०० भन्दा बढी आइएस कैदीलाई आफ्नो नियन्त्रणमा ल्याएको थियो। उनीहरूमाथिको सुनुवाइ आइतबार सिरियाली नागरिकसम्बन्धी पहिलो मुद्दाबाट सुरु भएको हो।

इराकी अदालतहरूले यसअघि पनि विदेशी लडाकूसहित आतङ्कवादसम्बन्धी अपराधमा दोषी ठहरिएका व्यक्तिलाई सयौँ आजीवन कारावास र मृत्युदण्डको सजाय सुनाएका छन्।

तर, मानवअधिकारवादी संस्थाहरूले यस्ता मुद्दाको सुनुवाइ हतारमा हुने गरेको र निष्पक्ष न्यायिक प्रक्रियाको अभाव रहेको भन्दै आलोचना गर्दै आएका छन्।

प्रकाशित मिति : १० मंसिर २०८३, बिहिबार  ५ : ०८ बजे

३० वर्षपछि भुवन र अर्जुनजंगको पुनर्मिलन, कुन कथाले जोड्दैछ दुवैलाई?

काठमाडौं– नेपाली फिल्ममा कुनै समय सँगै देखिएका अभिनेता भुवन केसी

ग्लोबल आइएमई बैंकले प्लाटिनम गल्फ २०२६ आयोजना गर्ने 

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा ‘ग्लोबल आइएमई प्लाटिनम गल्फ

‘पुष्पा २’लाई पछाडि पार्दै ‘रामायण’ चौथो स्थानमा, ‘बाहुबली २’ रेकर्ड तोडिएला ?

काठमाडौं– बलिउड अभिनेता रणबीर कपूर अभिनीत फिल्म ‘रामायण’ले बक्स अफिसमा

हर्मुज जलक्षेत्रमा समुद्री धरापमा परी दुई तेल ट्याङ्करमा आगलागी

तेहरान- मध्यपूर्वमा तनाव चर्किरहेका बेला ओमानको खसाब बन्दरगाह नजिकैको हर्मुज

बाढीले पुरेको मर्स्याङ्दीको धार खुलाउने पहल

मनाङ- मनाङको चामे गाउँपालिका–४ र ५ जोड्ने मर्स्याङ्दी नदीमाथिको पुल गेग्रानले