बैंक खाता रोक्का गर्ने तयारीपछि सम्पर्कमा आए ४७ आरोपित « Khabarhub

बैंक खाता रोक्का गर्ने तयारीपछि सम्पर्कमा आए ४७ आरोपित


१० मंसिर २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगार ठगीसम्बन्धी जाहेरीको अनुसन्धानका क्रममा ठगीमा प्रयोग भएका बैंक खाता रोक्का गर्ने तयारी गरेपछि ४७ जना आरोपित विभागको सम्पर्कमा आएका छन् ।

युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार विभागका अनुसार सम्पर्कमा आएका उनीहरूले पीडित श्रमिकसँग मिलापत्रसमेत गरिसकेका छन्।

विभागले पक्राउ पुर्जी जारी भएका व्यक्तिहरूलाई ३५ दिनभित्र उपस्थित हुन गत कात्तिक १९ गते पत्राचार गरेको थियो। पत्रमा तोकिएको अवधिभित्र उपस्थित नभए ठगीमा प्रयोग भएका बैंक खाता रोक्का गरिने चेतावनी दिइएको थियो।

तोकिएको समयभित्र उपस्थित नभएकाहरूको हकमा ३५ दिन पूरा भएपछि बैंक खाता रोक्काका लागि नेपाल राष्ट्र बैंकमा पत्राचार गर्ने प्रक्रिया अघि बढाउन विभागले निर्देशन दिएको छ।

विभागका अनुसार वैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दामा हालसम्म १ हजार २१८ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

प्रकाशित मिति : १० मंसिर २०८३, बिहिबार  ७ : ०१ बजे

वैकल्पिक आवासको व्यवस्था नगरी होल्डिङ सेन्टरबाट सुकुम्बासी नहटाउन कांग्रेसको माग

काठमाडौँ– नेपाली कांग्रेसले वैकल्पिक आवासको व्यवस्था नगरी होल्डिङ सेन्टरबाट सुकुम्बासीलाई हटाउने

बैंक खाता रोक्का गर्ने तयारीपछि सम्पर्कमा आए ४७ आरोपित

काठमाडौं– वैदेशिक रोजगार ठगीसम्बन्धी जाहेरीको अनुसन्धानका क्रममा ठगीमा प्रयोग भएका

प्रधानमन्त्री बालेन र सभापति रविबीच पाँच घण्टा वार्ता : के-के भयो कुरा ?

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र

ठगी तथा संगठित अपराध कसुरमा पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ

काठमाडौँ – ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं