आदिवासी जनजातिको सहमतिबिना विकास आयोजना सञ्चालन गर्न नपाइने « Khabarhub

आदिवासी जनजातिको सहमतिबिना विकास आयोजना सञ्चालन गर्न नपाइने


१० मंसिर २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

ललितपुर– आदिवासी जनजाति समुदायको पुर्ख्यौली थातथलोमा विकास आयोजना सञ्चालन गर्नुअघि सम्बन्धित समुदायको स्वतन्त्र, पूर्वसूचित सहमति अनिवार्य गरिएको छ ।

आदिवासी जनजाति आयोग, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान र नेपाल आदिवासी जनजाति महासङ्घले संयुक्त रूपमा ‘आदिवासी जनजाति समुदायको स्वतन्त्र, पूर्वसूचित सहमति कार्यान्वयन राष्ट्रिय निर्देशिका, २०८३’ सार्वजनिक गर्दै यस्तो व्यवस्था गरेका हुन् ।

निर्देशिकाअनुसार आदिवासी जनजाति समुदायको सहमतिबिना सरकारी, गैरसरकारी तथा बहुराष्ट्रिय कम्पनीले उनीहरूको पुर्ख्यौली थातथलोमा विकास आयोजना वा गतिविधि सञ्चालन गर्न पाउने छैनन् ।

आयोगका अध्यक्ष रामबहादुर थापा मगरले निर्देशिकाले विकास आयोजना सञ्चालन गर्दा प्रभावित समुदायको अधिकार र निर्णयलाई प्राथमिकता दिने बताए।

निर्देशिकामा आयोजना निर्माण गर्नुअघि प्रभावित समुदायका प्रतिनिधिको सहभागितामा नक्साङ्कन गर्नुपर्ने, आयोजनाबाट हुन सक्ने लाभ तथा हानिबारे स्पष्ट जानकारी दिनुपर्ने र समुदायलाई आयोजना अस्वीकार गर्ने अधिकार हुने व्यवस्था गरिएको छ । सहमति दिने वा नदिने अन्तिम अधिकार सम्बन्धित समुदायको प्रथाजन्य संस्थामा रहनेछ ।

त्यस्तै, सरकार संलग्न आयोजनामा सरकार, लगानीकर्ता र प्रभावित समुदायबीच त्रिपक्षीय करार गर्नुपर्ने व्यवस्था गरिएको छ । सहमति प्राप्त भइसकेपछि पनि आयोजनाबाट प्रतिकूल असर देखिएमा त्यसलाई स्थगन गर्न सकिनेछ । सहमति प्रक्रियामा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित आयोजनाले नै व्यहोर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।

निर्देशिका कार्यान्वयनका लागि राष्ट्रिय सहजीकरण संयन्त्र गठन गर्ने प्रस्ताव गरिएको छ । कार्यान्वयनका क्रममा उत्पन्न हुने विवाद तथा गुनासो आदिवासी जनजाति आयोगले सुन्ने व्यवस्था पनि गरिएको छ ।

आयोगका अध्यक्ष मगरले अन्तर्राष्ट्रिय श्रम सङ्गठनको महासन्धि नं. १६९ र आदिवासी जनजातिको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय घोषणापत्रमा उल्लेखित अधिकार कार्यान्वयनका लागि निर्देशिका आवश्यक भएको बताए। उनले निर्देशिकालाई सरकारी दस्तावेजका रूपमा कार्यान्वयन गर्न आवश्यक कानुन निर्माण तथा संशोधन गर्न सरकारसँग आग्रह गरे।

नेपाल आदिवासी जनजाति महासङ्घका अध्यक्ष निमा ह्योल्मो लामाले महासङ्घले २०७० सालमा तयार गरेको निर्देशिकालाई परिमार्जन र एकीकृत गरी नयाँ निर्देशिका सार्वजनिक गरिएको जानकारी दिए । उनले यसको प्रभावकारी कार्यान्वयनका लागि राज्य, विकास साझेदार र दातृ निकायबीच सहकार्य आवश्यक रहेको बताए ।

प्रकाशित मिति : १० मंसिर २०८३, बिहिबार  ६ : ३८ बजे

प्रधानमन्त्री बालेन र सभापति रविबीच पाँच घण्टा वार्ता : के-के भयो कुरा ?

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र

ठगी तथा संगठित अपराध कसुरमा पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ

काठमाडौँ – ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं

आदिवासी जनजातिको सहमतिबिना विकास आयोजना सञ्चालन गर्न नपाइने

ललितपुर– आदिवासी जनजाति समुदायको पुर्ख्यौली थातथलोमा विकास आयोजना सञ्चालन गर्नुअघि

चीनमा चिप तस्करी रोक्न दक्षिणपूर्वी एसियाका चार देशमा एनभिडियाको सर्भर पठाउन रोक

एजेन्सी – अमेरिकी प्रविधि कम्पनी एनभिडियाले एआई चिप जडित कम्प्युटर सर्भर

मुग्लिन-मलेखु सडक विस्तारको काम सुस्त

चितवन– पृथ्वी राजमार्गको नागढुङ्गा–मुग्लिन सडकखण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु सडक सम्झौताको