निर्वाचन नजिकिँदै जाँदा उत्साहित छन् नयाँ मतदाता « Khabarhub

निर्वाचन नजिकिँदै जाँदा उत्साहित छन् नयाँ मतदाता


१२ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

गलेश्वर– म्याग्दीका दल र स्वतन्त्र उम्मेदवारहरूले मनोनयन सकेर मत माग्न गाउँ छिरेसँगै यहाँ निर्वाचनको माहोल बन्दै गएको छ । 

आगामी फागुन २१ गते निर्वाचनको मिति नजिकिँदै जाँदा विशेषगरी पहिलोपटक नाम दर्ता गराएका युवा मतदानका लागि उत्साहित देखिएका छन् । जेन-जी आन्दोलनपछि अब आउने जनप्रतिनिधिले युवाको भावना बुझ्ने भन्दै उनीहरूमा उत्साह थपिएको हो ।

यहाँ विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १३ जना व्यक्तिले उम्मेदवारी (मनोनयन) दर्ता गराएकामा १२ जनाको उम्मेदवारी कायम रहेको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उम्मेदवारसहित राजनीतिक दलका नेताहरू मत माग्न जनताको घरघरमा जान, विभिन्न ठाउँमा भेला र छलफल गर्न व्यस्त हुन थालेका छन् ।

बेनी नगरपालिका–२ का निकेश सापकोटा पहिलोपटक मतदान गर्दै छन्। उनले व्यक्तिगत छविमा कुनै दाग नलागेका, देश विकास गर्ने योजना भएका र युवाको मनोभावना र देशको आवश्यकतालाई बुझेर इमानदारीपूर्वक काम गर्ने नेतालाई निर्वाचित गरेर पठाउनका लागि फागुन २१ मा  मत हाल्न आफू उत्साहित भएको बताए। 

‘म पहिलोपटक मतदान गर्न लागेको छु । उत्साहित छु । देश र जनताको मनोभावनालाई बुझेर काम गर्न सक्ने योग्य र इमानदार उम्मेदवारलाई भोट हाल्छु,’ सापकोटाले भने। 

दलहरूले आ–आफ्ना पार्टी र उम्मेदवार नै योग्य भएको भनेर प्रचार गरी मत मागे पनि कसलाई जिताउने भन्ने अधिकार मतदातामा रहेको बताउँदै सापकोटाले आफू पहिलोपटक अधिकारको प्रयोग गर्न लागेकामा खुसी व्यक्त गरे।

यस्तै, बेनी नगरपालिका–७ की २१ वर्षीया सङ्गीता बिक सबै उम्मेदवारहरूको कुरा सुनेर र उनीहरूलाई राम्रोसँग बुझेर मात्र कसलाई मत दिने भन्ने कुरा निर्णय गर्ने बताउँछिन् । 

‘म उम्मेदवारहरूको कुरा सुनेर र एजेन्डा हेरेर मत दिने मुडमा छु । सक्षम नेतृत्व छनोट गर्न नसक्दा दुःख जनतालाई नै हुँदोरहेछ भन्ने कुरा हामीलाई विगतले सिकाएको छ । त्यसैले राम्रो र सक्षम नेतृत्वलाई  मत दिएर विजयी बनाउन आवश्यक छ,’ उनले भनिन्। बिक जेन-जी आन्दोलनका पक्षमा पनि लागेकी थिइन्। उनी पहिलोपटक मतदान गर्दै छिन्।

त्यस्तै, मंगला गाउँपालिका–४ का दीपेश बुढा पनि आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा पहिलोपटक मतदान गर्दै छन् । युवा पुस्ताको आन्दोलनपछि अब देशको विकास हुन्छ कि भन्ने लागेर मतदान प्रक्रियामा सहभागी हुने उनले बताए। 

‘अहिले म्याग्दीको निर्वाचन पनि निकै चर्चामा छ । नयाँ दल र नयाँ व्यक्ति निर्वाचनमा सहभागी भएका छन् । पार्टीभन्दा पनि योग्य मान्छेलाई हेरेर मतदान गर्ने सोच बनाएको छु,’ बुढाले भने।

रघुगङ्गा गाउँपालिकाका सङ्गम पुन पनि आफूले पहिलोपटक मतदान गर्न लागेको र त्यसको सही प्रयोग गर्न उम्मेदवारबारे अध्ययन गरिरहेको बताउँछन् । युवा पुस्ताका लागि केही सोच्ने नेतृत्वका लागि मतदान गर्ने योजनासहित फागुन २१ को पर्खाइमा रहेको उनको भनाइ छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार यही फागुन २१ गते हुने निर्वाचनमा एउटा मात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीमा कुल ८६ हजार ३९७ मतदाता कायम भएका छन् । एक नगरपालिका र पाँच गाउँपालिकामा समेटिएको जिल्लामा अन्य एक, महिला ४४ हजार ६४ र पुरुष ४२ हजार ३३२ मतदाता रहेका छन् । 

निर्वाचनका लागि जिल्लामा ८२ वटा मतदानस्थल र १२० मतदान केन्द्र कायम गरिएको छ । अधिकांश युवा मतदाता रहेका छन् । केही यसअघि नै उमेर पुगे पनि मतदाता नामावलीमा पहिलो पटक नाम दर्ता गराएकाहरू हुन् ।

जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अनुसार शनिबारसम्म ६६ वटा मतदानस्थलको अनुगमन तथा निरीक्षण गरिएको छ । निर्वाचनका लागि सम्पूर्ण तयारी तीव्र गतिमा अघि बढेको छ । 

प्रकाशित मिति : १२ माघ २०८२, सोमबार  १ : ३१ बजे

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र

बगेर बेपत्ता भएका दुई किशोरको शव फेला

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा गत साउन ३०

विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापनमा गृह मन्त्रालय संवेदनशील

इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

इन्डोनेसिया – शक्तिशाली भूकम्पमा परी कम्तीमा ७१ जनाको मृत्यु र