अफगानिस्तानमा कार्बन मोनो-अक्साइड विषाक्तताका कारण चार जनाको मृत्यु « Khabarhub

अफगानिस्तानमा कार्बन मोनो-अक्साइड विषाक्तताका कारण चार जनाको मृत्यु


१२ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – मध्य अफगानिस्तानको दयाकुन्डी प्रान्तको प्रान्तीय राजधानी निलीमा कार्बन मोनोअक्साइड विषाक्तताका कारण कम्तिमा चार जना विद्यार्थीको मृत्यु भएको प्रान्तीय प्रहरी कार्यालयले आइतबार विज्ञप्ति मार्फत जनाएको छ ।

विद्यार्थीहरूले आफ्नो कोठा तताउन परम्परागत स्टोभमा कोइला प्रयोग गरिरहेको अवस्थामा  विषाक्त ग्यास कोठा  भित्र जम्मा भएर उनीहरूको मृत्यु भएको विज्ञप्तिमा भनिएको छ ।

पीडितहरू राष्ट्रिय विश्वविद्यालय प्रवेश परीक्षाको तयारीका लागि प्रान्तको दुर्गम जिल्लाबाट निली आई घटनाको समयमा आफ्नो अध्ययनमा संलग्न रहेको जनाइएको छ । 

यस अघि, उत्तरी बदख्सान प्रान्तको ढुङ्गाको खानीमा कार्बन मोनो (अक्साइड विषाक्तताका कारण कम्तीमा चार जना खानी मजदुरको मृत्यु भएको थियो ।

अफगानिस्तानमा कठोर जाडो र तातोको अभावले धेरै घरपरिवारलाई काठ वा कोइला  परम्परागत स्टोभमा भर पर्न बाध्य पार्छ भने खराब भेन्टिलेसन र कम गुणस्तरको इन्धनको प्रयोगका कारण यस्ता घटनाहरू घट्ने गरेको बताइएको छ । 

प्रकाशित मिति : १२ माघ २०८२, सोमबार  २ : ३६ बजे

नागरिकको व्यक्तिगत स्वास्थ्य खर्च घटाउने लक्ष्यसहित सुधारका कार्यक्रम अघि बढाइने

काठमाडौं– सरकारले नागरिकले स्वास्थ्य उपचारमा व्यहोर्नुपर्ने व्यक्तिगत खर्च घटाउँदै स्वास्थ्य

धर्नामा बसेकाको स्वास्थ्य र सुरक्षाको व्यवस्था गर्न सरकारसँग आयोगको आग्रह

काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोगले पाँच दिनदेखि धर्नामा रहेका बैंक, लघुवित्त,

चार दिने भ्रमण सकेर फर्किए भारतीय सेना प्रमुख सेठ, के के भयो उपलब्धि ?

काठमाडौं- भारतीय स्थल सेनाका प्रमुख (सीओएएस) जनरल धीरज सेठ चारदिने

कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत

कर्णाली– कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले विश्वासको मत प्राप्त गरेका

इरानसँग तत्काल वार्ताको कुनै योजना छैन : ट्रम्प

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्काल वार्ता वा छलफल गर्ने