काठमाडौं– नेपाली बजारमा एक पछि अर्को दिन आज पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।
आज साताको दोस्रो सोमबार सुनको मूल्य तोलाको ३ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
हिजो आइतबार सुनको मूल्य तोलाको ३ लाख ३ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो भने आज सुनको मूल्य तोलामा ५ हजार २ सयले बढेको छ ।
आज नयाँ सडक क्षेत्रको सुनचाँदी पसल देखिएको चहलपहल ।
तस्बिर : दिशान्त देसार/नेपाल फोटो लाइब्रेरी

























प्रतिक्रिया