आयातित स्वास्थ्य उपकरणको विवरण उपलब्ध गराउन  विभागको आग्रह « Khabarhub

आयातित स्वास्थ्य उपकरणको विवरण उपलब्ध गराउन  विभागको आग्रह


१२ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– औषधि व्यवस्था विभागले आयात गरिने स्वास्थ्य सामग्री तथा उपकरणको विवरण अनिवार्य रूपमा उपलब्ध गराउन सम्बन्धित सरोकारवालाहरूको लागि सूचना जारी गरेको छ।

विभागले प्रविधिजन्य स्वास्थ्य सामग्री तथा उपकरण सम्बन्धी निर्देशिका, २०७५ बमोजिम अर्थोपेडिक इम्प्लान्ट, इन–भिट्रो परीक्षण सामग्री, शल्यकक्षमा प्रयोग हुने उपकरण, हृदय–रक्तनलीसम्बन्धी सामग्री तथा शल्यक्रियामा प्रयोग हुने उपभोग्य सामग्री लगायतका स्वास्थ्य सामग्री तथा उपकरणको विवरण माग गरेको हो ।

औषधि व्यवस्था विभागका अनुसार अधिकांश स्वदेशी उत्पादक तथा पैठारीकर्ताबाट विवरण प्राप्त भइसकेको भए पनि केही विदेशी उत्पादक तथा पैठारीकर्ताले विवरण नपठाउँदा अभिलेख अद्यावधिक हुन नसकेको बताउँदै सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र सम्बन्धित सबै उत्पादक तथा पैठारीकर्ताले आफ्नो नाम, ठेगाना र स्वास्थ्य सामग्री तथा उपकरणको विवरण उपलब्ध गराउनुपर्ने विभागले जनाएको छ । 

तोकेको समयभित्र विवरण नबुझाएमा प्रचलित कानुनअनुसार आवश्यक कारबाही गरिने चेतावनी समेत विभागले दिएको छ । आयात, उत्पादन र वितरण प्रणालीलाई व्यवस्थित तथा गुणस्तरीय बनाउन सूचना पुनः प्रकाशित गरिएको विभागको भनाइ छ ।

प्रकाशित मिति : १२ माघ २०८२, सोमबार  ४ : १९ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका