चुनाव प्रचारमा बालबालिका : हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी « Khabarhub

चुनाव प्रचारमा बालबालिका : हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी


१२ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- धरान उपमहानगरपालिकाका निर्वतमान मेयर एवम् सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाका उम्मेदवार हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ ।

श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका साम्पाङले फागुन २१ गते हुन लागेको चुनाव प्रचारप्रचार क्रममा बालबालिकाको प्रयोग गरेको आरोपमा आयोगमा उजुरी दर्ता भएको हो ।

साम्पाङविरुद्ध धरान नगर बाल सञ्जालले जिल्ला प्रहरी कार्यालय र निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएको हो ।

उजुरीमा बालबालिका ऐन, २०७५ को परिच्छेद २, दफा ७ को उपदफा ९७० अनुसार उनीहरूलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा राजनीतिक उद्देश्यका निम्ति प्रयोग गर्न नपाइने व्यवस्था छ । तर उम्मेदवार साम्पाङ त्यसविरुद्ध गएको जिकिर गरिएको छ।

सञ्जालले साम्पाङलाई निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित गराई यसबारे छलफल गर्न र आचारसंहिता उल्लंघन गर्दा हुने कारबाही गर्न पनि भनेको छ ।

निर्वाचन अधिकृत दिव्यराज घिमिरेले प्रमुख निर्वाचन अधिकृतको संयोजकत्वमा उजुरी अध्ययन समिति बनेको बताएका छन् । अब उक्त समितिले घटनाको अध्ययन गरी कारबाही अघि बढाउने उनले बताए ।

उक्त ऐनमा बालबालिकाको प्रयोग गरेको प्रमाणित भएमा एक लाख रुपैयाँसम्मको जरिवाना हुने व्यवस्था छ । अर्कातिर सम्बन्धित व्यक्तिको उम्मेदवारी पनि खारेज हुनसक्ने छ ।

प्रकाशित मिति : १२ माघ २०८२, सोमबार  ४ : ५९ बजे

नागरिकको व्यक्तिगत स्वास्थ्य खर्च घटाउने लक्ष्यसहित सुधारका कार्यक्रम अघि बढाइने

काठमाडौं– सरकारले नागरिकले स्वास्थ्य उपचारमा व्यहोर्नुपर्ने व्यक्तिगत खर्च घटाउँदै स्वास्थ्य

धर्नामा बसेकाको स्वास्थ्य र सुरक्षाको व्यवस्था गर्न सरकारसँग आयोगको आग्रह

काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोगले पाँच दिनदेखि धर्नामा रहेका बैंक, लघुवित्त,

चार दिने भ्रमण सकेर फर्किए भारतीय सेना प्रमुख सेठ, के के भयो उपलब्धि ?

काठमाडौं- भारतीय स्थल सेनाका प्रमुख (सीओएएस) जनरल धीरज सेठ चारदिने

कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत

कर्णाली– कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले विश्वासको मत प्राप्त गरेका

इरानसँग तत्काल वार्ताको कुनै योजना छैन : ट्रम्प

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्काल वार्ता वा छलफल गर्ने