गुडिरहेको गाडीबाट सडकमा पछारिए बालेन समर्थक, पाँचजना घाइते « Khabarhub

गुडिरहेको गाडीबाट सडकमा पछारिए बालेन समर्थक, पाँचजना घाइते


१२ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहका पाँचजना समर्थक गुडिरहेको गाडीबाट खसेर घाइते भएका छन् ।

बाँकेको नेपालगञ्जस्थित राँझा विमानस्थलमा पुगेका बालेनका समर्थकहरू उनलाई पछ्याउने क्रममा गाडीबाट सडकमा खसेर घाइते भएका हुन् ।

बालेनका समर्थकहरू नेपालगञ्जस्थित राँझा विमानस्थलनबाट बाहिरिने क्रममा गाडीबाट सडकमा बजारिएका थिए ।

बालेन चुनावी प्रचार गर्न सोमबार नेपालगञ्ज पुगेका छन् । त्यहाँबाट उनी बर्दिया हुँदै सुदूरपश्चिम छिर्दैछन् ।

उनलाई स्वागत गर्न पुगेका समर्थक गाडीबाट खसेर घाइते भएका हुन्। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार गाडीमा चढेका केही व्यक्ति पछाडिको डालाबाट भुइँमा बजारिए ।

तर विमानस्थलभित्रैको सडकमा गाडीको गति कम हुँदा उनीहरू सामान्य घाइते भए । आगामी फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बालेन पश्चिम नेपालको यात्रामा छन् । उनले झापा ५ देखि पूर्वी पहाडमा प्रचार गरेर अब सुदूरपश्चिम हिँडेका हुन् ।

रास्वपाका वरिष्ठ नेता पूर्वमेयर बालेन झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभाका उम्मेदवार छन् । बालेनले एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्दैछन् ।

प्रकाशित मिति : १२ माघ २०८२, सोमबार  ५ : ०५ बजे

विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ : गृहमन्त्री

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापन आफ्नो मन्त्रालयको प्राथमिक जिम्मेवारी भएकाले

‘दुर्गा प्रसाईंको राजनीतिक स्वार्थले धर्नारत नागरिकको जीवन संकटमा’

काठमाडौं– ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानवअधिकार आयोग अगाडि विगत ६ दिनदेखि

जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको कार्यकारी निर्देशकमा सञ्जीव बराल

काठमाडौं- जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको कार्यकारी निर्देशकमा सञ्जीव बराल

चार महिनापछि लय समात्न खोज्दै प्रधानमन्त्री बालेन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह चार महिनापछि बिस्तारै आफ्नो लयमा फर्किन