गुडिरहेको गाडीबाट सडकमा पछारिए बालेन समर्थक, पाँचजना घाइते « Khabarhub

गुडिरहेको गाडीबाट सडकमा पछारिए बालेन समर्थक, पाँचजना घाइते


१२ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहका पाँचजना समर्थक गुडिरहेको गाडीबाट खसेर घाइते भएका छन् ।

बाँकेको नेपालगञ्जस्थित राँझा विमानस्थलमा पुगेका बालेनका समर्थकहरू उनलाई पछ्याउने क्रममा गाडीबाट सडकमा खसेर घाइते भएका हुन् ।

बालेनका समर्थकहरू नेपालगञ्जस्थित राँझा विमानस्थलनबाट बाहिरिने क्रममा गाडीबाट सडकमा बजारिएका थिए ।

बालेन चुनावी प्रचार गर्न सोमबार नेपालगञ्ज पुगेका छन् । त्यहाँबाट उनी बर्दिया हुँदै सुदूरपश्चिम छिर्दैछन् ।

उनलाई स्वागत गर्न पुगेका समर्थक गाडीबाट खसेर घाइते भएका हुन्। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार गाडीमा चढेका केही व्यक्ति पछाडिको डालाबाट भुइँमा बजारिए ।

तर विमानस्थलभित्रैको सडकमा गाडीको गति कम हुँदा उनीहरू सामान्य घाइते भए । आगामी फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बालेन पश्चिम नेपालको यात्रामा छन् । उनले झापा ५ देखि पूर्वी पहाडमा प्रचार गरेर अब सुदूरपश्चिम हिँडेका हुन् ।

रास्वपाका वरिष्ठ नेता पूर्वमेयर बालेन झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभाका उम्मेदवार छन् । बालेनले एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्दैछन् ।

प्रकाशित मिति : १२ माघ २०८२, सोमबार  ५ : ०५ बजे

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली