स्वास्थ्यमन्त्री गौतमद्वारा जीपी कोइराला उपचार केन्द्रको निरीक्षण « Khabarhub

स्वास्थ्यमन्त्री गौतमद्वारा जीपी कोइराला उपचार केन्द्रको निरीक्षण


१२ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतमले जिल्लाको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रको आज निरीक्षण गरेकी छन् । त्यस क्रममा उनले उपचार केन्द्रबाट भइरहेको सेवाप्रवाहबारे जानकारी लिएकी छन् । 

उपचार केन्द्रका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले केन्द्रबाट प्रवाह भइरहेका सेवाबारे मन्त्री गौतमलाई जानकारी गराए। अघिल्लो सरकारका पालामा सम्पन्न विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार भारत सरकारसँग तीन सय  शय्यामा अस्पताल स्तरोन्नतिका लागि सम्झौता प्रक्रिया अगाडि बढाउन मन्त्री गौतमको ध्यानाकर्षण गराइएको थियो ।

जवाफमा स्वास्थ्यमन्त्री गौतमले उपचार केन्द्रलाई विशिष्ट अस्पतालको रूपमा विकास गरिने बताइन् । मन्त्रालयका सचिव डा. विकास देवकोटाले अस्पताललाई श्वासप्रश्वास अस्पतालको रूपमा विकास गर्नुपर्ने बताइन् । 

पूर्वप्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको स्मृतिमा श्वासप्रश्वाससम्बन्धी विशिष्टीकृत सेवा दिन यहाँ अस्पताल स्थापना गरिएको थियो  । सरकारले विसं २०६७ सोसम्बन्धी निर्णय गरेको थियो । हाल यहाँ पचास जनरल वाड सञ्चालनमा छन् । 

विसं २०७५ सालमा सोही ठाउँमा रहेको सेतीगङ्गा सामुदायिक अस्पतालको स्वामित्व जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रलाई हस्तान्तरण गरिएको थियो । हाल उपचार केन्द्रको नाममा ७४० रोपनी जग्गा प्राप्त भइसकेको छ । 

प्रकाशित मिति : १२ माघ २०८२, सोमबार  ६ : १६ बजे

मनसुनजन्य विपद् प्रतिकार्यमा सेनाको सक्रियता

काठमाडौँ– नेपाली सेनाले विगतका वर्षमा सञ्चालित उद्धार तथा राहत अभियानबाट

यी भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मधेसको आर्थिक वृद्धि एक दशमलव ३१ प्रतिशतमा सीमित हुने

जनकपुर – मधेस कृषि क्षेत्रमा नकारात्मक प्रभाव पारेका कारणले धान,

आईपीएल: मुम्बईलाई हराउँदै कोलकाता चार विकेटले विजयी

कोलकाता – मनीष पाण्डेको उत्कृष्ट ब्याटिङको मद्दतले कोलकाता नाइट राइडर्स

गोसाइँकुण्डमा गङ्गादशहरा मेला सुरु

रसुवा- हिमालको काखमा अवस्थित पवित्र तीर्थस्थल गोसाइँकुण्डमा गङ्गादशहरा पर्वको अवसर