जिके पोख्रेलको ‘इन्दिरा’ सार्वजनिक « Khabarhub

जिके पोख्रेलको ‘इन्दिरा’ सार्वजनिक


१२ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जिके पोख्रेलको शब्द र सङ्गीतमा तयार भएको नृत्यप्रधान गीत ‘इन्दिरा’ सार्वजनिक गरिएको छ। गीतमा एलिना चौहान र जिके पोख्रेलको स्वर रहेको छ।

म्युजिक नेपालमा रेकर्ड गरिएको गीतको रेकर्डिङ नकुल कार्की र अनिल अधिकारीले गरेका हुन्। प्रकाश खरेलले सङ्गीत संयोजनसँगै मिक्सिङ र मास्टरिङ गरेका छन्। गीत म्युजिक नेपालकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

राजाराम सिम्खडाको नृत्य निर्देशन रहेको म्युजिक भिडियोमा विमल अधिकारी र स्मारिका ढकालको अभिनय तथा नृत्य देख्न सकिन्छ। छायाङ्कन राजेश घिमिरेले गरेका छन् भने सम्पादन र कलरिङ दीपक विष्टको रहेको छ।

गीतकार तथा सङ्गीतकार पोख्रेलले लामो समय प्राध्यापन र पत्रकारितामा बिताएपछि पुनः सिर्जनात्मक क्षेत्रमा सक्रिय हुन पाएको बताए।

‘गीतको पहिलो स्थायी सुन्नासाथ दर्शक अन्तिमसम्मै सुन्न उत्सुक हुनेछन् भन्ने विश्वास छ,’ उनले भने।

उनका अनुसार ‘इन्दिरा’ समकालीन गीतभन्दा फरक स्वादको छ र चर्चित कलाकारहरूको सहभागिताले गीतलाई थप बलियो बनाएको छ। म्युजिक भिडियोमा दुई पात्र भट्टराई र ‘इन्दिरा’ बीचको भेटदेखि मिलनसम्मको कथा प्रस्तुत गरिएको छ।

गीता भुसाल र बाबुराम काफ्लेले उत्पादन गरेको भिडियोको निर्देशन नरेन्द्रराज भट्टराईले गरेका हुन्।

प्रकाशित मिति : १२ माघ २०८२, सोमबार  ६ : ५० बजे

अब प्रधानमन्त्री कार्यालय परिसर छिर्नै बालेनको सचिवालयको अनुमति चाहिने

काठमाडौँ- शुक्रबार देशले नयाँ प्रधानमन्त्री पाउँदैछ । राष्ट्रिय स्वतन्त्र पार्टीका

सिंहदरबारमा बालेनको आसन तयार, उत्तर फर्काएर राखियो कुर्सी

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलका नेता तथा वरिष्ठ

अभौतिक मुद्राको कारोबारमा संलग्न बंगलादेशी नागरिक ठमेलबाट पक्राउ

काठमाडौँ । अभौतिक मुद्राको कारोबारमा संलग्न रहेको अभियोगमा काठमाडौंबाट एक

चुमनुब्रीको फिलिममा मोटर पुग्यो

गोरखा – चुमनुब्री गाउँपालिकाको केन्द्र सिर्दिवासको फिलिममा मोटर पुगेको छ

सदन प्रतिपक्षको हुनेछ, पहिलो बैठक छिटो बोलाउनु : हर्क साम्पाङ

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधि सभाको