जिके पोख्रेलको ‘इन्दिरा’ सार्वजनिक « Khabarhub

जिके पोख्रेलको ‘इन्दिरा’ सार्वजनिक


१२ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जिके पोख्रेलको शब्द र सङ्गीतमा तयार भएको नृत्यप्रधान गीत ‘इन्दिरा’ सार्वजनिक गरिएको छ। गीतमा एलिना चौहान र जिके पोख्रेलको स्वर रहेको छ।

म्युजिक नेपालमा रेकर्ड गरिएको गीतको रेकर्डिङ नकुल कार्की र अनिल अधिकारीले गरेका हुन्। प्रकाश खरेलले सङ्गीत संयोजनसँगै मिक्सिङ र मास्टरिङ गरेका छन्। गीत म्युजिक नेपालकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

राजाराम सिम्खडाको नृत्य निर्देशन रहेको म्युजिक भिडियोमा विमल अधिकारी र स्मारिका ढकालको अभिनय तथा नृत्य देख्न सकिन्छ। छायाङ्कन राजेश घिमिरेले गरेका छन् भने सम्पादन र कलरिङ दीपक विष्टको रहेको छ।

गीतकार तथा सङ्गीतकार पोख्रेलले लामो समय प्राध्यापन र पत्रकारितामा बिताएपछि पुनः सिर्जनात्मक क्षेत्रमा सक्रिय हुन पाएको बताए।

‘गीतको पहिलो स्थायी सुन्नासाथ दर्शक अन्तिमसम्मै सुन्न उत्सुक हुनेछन् भन्ने विश्वास छ,’ उनले भने।

उनका अनुसार ‘इन्दिरा’ समकालीन गीतभन्दा फरक स्वादको छ र चर्चित कलाकारहरूको सहभागिताले गीतलाई थप बलियो बनाएको छ। म्युजिक भिडियोमा दुई पात्र भट्टराई र ‘इन्दिरा’ बीचको भेटदेखि मिलनसम्मको कथा प्रस्तुत गरिएको छ।

गीता भुसाल र बाबुराम काफ्लेले उत्पादन गरेको भिडियोको निर्देशन नरेन्द्रराज भट्टराईले गरेका हुन्।

प्रकाशित मिति : १२ माघ २०८२, सोमबार  ६ : ५० बजे

इजिप्टमा बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्धको तयारी

कायरो – इजिप्टको संसद्ले युवा किशोरहरूलाई सामाजिक सञ्जालबाट हुने जोखिमबाट

म मधेस बुझ्न आएको हुँः सभापति थापा

सर्लाही – नेपाली कांग्रेसका सभापति गगन थापाले आफू मधेस पढ्न

अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्येष्‍टि गरेपछि…

सिरहा– लहानस्थित प्रादेशिक अस्पतालमा परीक्षणका लागि राखिएको शव लिएर अर्कैले

काठमाडौंबाट सर्लाही ओर्लिएका सभापति थापाले भने, ‘मधेशको गुन तिर्न आएको हुँ’

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेशले सिंगो नेपाल, लोकतन्त्र