मुख्यमन्त्री कार्कीद्वारा सुशासन र असल अभ्यासमा जोड « Khabarhub

मुख्यमन्त्री कार्कीद्वारा सुशासन र असल अभ्यासमा जोड


१२ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुशासन र असल अभ्यासमा जोड दिनुपर्ने बताएका छन् । आज कोशी सहयोग कार्यक्रम निर्देशक समितिको बैठकलाई सम्बोधन गर्दै उनले स्वीस सरकारको सहयोगमा सञ्चालित सो कार्यक्रमलाई छरितो ढङ्गले टुङ्ग्याउनुपर्ने बताए । 

बैठकमा उनले कार्यविधि र अरु प्रक्रियाहरू चाँडो सकेर कामलाई द्रुत गतिमा अगाडि बढाउनुपर्नेमा जोड दिएका थिए । स्वीस सरकारसँग नेपालको सम्बन्ध सात दशक लामो भएको चर्चा गर्दै उनले स्वीस सरकारको सहयोगको प्रशंसा गरे ।

बैठकमा स्वीस सरकार विकास सहयोग कार्यक्रमअन्तर्गत सञ्चालित कार्यक्रमहरूको समीक्षा र प्रगतिका साथै आगामी दिनमा गर्न सकिने कार्यक्रमका बारेमा छलफल भएको थियो । 

यस कार्यक्रमअन्तर्गत करिब आठ करोड बराबरको कम्प्युटर प्रिन्टरलगायतका सामग्री स्थानीय तहमा हस्तान्तरण गरी जेन-जी आन्दोलनपछि वडा कार्यालयहरू सञ्चालन गर्न सहयोग पुर्‍याइएको छ । 

यस कार्यक्रमले सङ्घीयता कार्यान्वयन र सुशासनमा सहयोग गर्दै आएको छभने प्रदेशमा कानुन निर्माणमा समेत यसले सहयोग गरेको छ ।

प्रकाशित मिति : १२ माघ २०८२, सोमबार  ७ : ०५ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका