मुख्यमन्त्री कार्कीद्वारा सुशासन र असल अभ्यासमा जोड « Khabarhub

मुख्यमन्त्री कार्कीद्वारा सुशासन र असल अभ्यासमा जोड


१२ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुशासन र असल अभ्यासमा जोड दिनुपर्ने बताएका छन् । आज कोशी सहयोग कार्यक्रम निर्देशक समितिको बैठकलाई सम्बोधन गर्दै उनले स्वीस सरकारको सहयोगमा सञ्चालित सो कार्यक्रमलाई छरितो ढङ्गले टुङ्ग्याउनुपर्ने बताए । 

बैठकमा उनले कार्यविधि र अरु प्रक्रियाहरू चाँडो सकेर कामलाई द्रुत गतिमा अगाडि बढाउनुपर्नेमा जोड दिएका थिए । स्वीस सरकारसँग नेपालको सम्बन्ध सात दशक लामो भएको चर्चा गर्दै उनले स्वीस सरकारको सहयोगको प्रशंसा गरे ।

बैठकमा स्वीस सरकार विकास सहयोग कार्यक्रमअन्तर्गत सञ्चालित कार्यक्रमहरूको समीक्षा र प्रगतिका साथै आगामी दिनमा गर्न सकिने कार्यक्रमका बारेमा छलफल भएको थियो । 

यस कार्यक्रमअन्तर्गत करिब आठ करोड बराबरको कम्प्युटर प्रिन्टरलगायतका सामग्री स्थानीय तहमा हस्तान्तरण गरी जेन-जी आन्दोलनपछि वडा कार्यालयहरू सञ्चालन गर्न सहयोग पुर्‍याइएको छ । 

यस कार्यक्रमले सङ्घीयता कार्यान्वयन र सुशासनमा सहयोग गर्दै आएको छभने प्रदेशमा कानुन निर्माणमा समेत यसले सहयोग गरेको छ ।

प्रकाशित मिति : १२ माघ २०८२, सोमबार  ७ : ०५ बजे

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।

आचारसंहिता अनुगमन गर्न ७७ वटै जिल्लामा खटाइयो अधिकृत

काठमाडौँ– निर्वाचन आयोगले ७७ वटै जिल्लामा आचारसंहिता अनुगमन अधिकृत खटाएको