वर्षमान पुन भन्छन्- जेन-जी आन्दोलन र विध्वंशको जिम्मेवार कांग्रेस–एमाले गठबन्धन र केपी ओली « Khabarhub

वर्षमान पुन भन्छन्- जेन-जी आन्दोलन र विध्वंशको जिम्मेवार कांग्रेस–एमाले गठबन्धन र केपी ओली


१२ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन अनन्तले गत भदौ २३ गते भएको जेन-जी आन्दोलन र त्यसपछि देखिएको विध्वंशको मुख्य जिम्मेवारी केपी ओली नेतृत्वको कांग्रेस–एमाले गठबन्धन सरकारमाथि रहेको आरोप लगाएका छन्।

सोमबार राजधानीमा पार्टीको रोल्पा–काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित कार्यक्रममा पुनले ओली सरकारको भ्रष्ट, स्वेच्छाचारी, दमनकारी र निरंकुश प्रवृत्तिका कारण नवयुवामा चुलिएको असन्तुष्टि विस्फोट भएको दाबी गरे। जनताका आवाज नसुन्ने र बिचौलिया तथा स्वार्थ समूहको सेवामा मात्र केन्द्रित सरकारकै कारण मुलुक अशान्त बनेको उनको भनाइ थियो।

‘भदौ २३ गतेको आन्दोलन केपी ओली नेतृत्वको काँग्रेस–एमाले गठबन्धन सरकारको गलत प्रवृत्तिविरुद्ध नवयुवामा गुम्सिएको असन्तोषको विस्फोट थियो,’ पुनले भने, ‘जनताको मुख थुन्न सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने प्रयासको पनि जवाफ थियो त्यो।’

तर, भदौ २४ गते भएको आगजनी र लुटपाटमा भने गलत तत्त्वको घुसपैठ भएको पुनले औंल्याए। ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएर हेलिकोप्टरमार्फत बाहिरिएपछि सिंहदरबार, संसद् भवन, राष्ट्रपति निवास, सर्वोच्च अदालतजस्ता राज्यका धरोहर तथा निजी घर र व्यवसायिक प्रतिष्ठानमा आगजनी र तोडफोड भएको उनको भनाइ थियो।

पुनले आफ्ना अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले १८ महिनामा संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्न र सुशासनका लागि कदम चाल्दा डराएर काँग्रेस–एमाले मिलेको टिप्पणी गरे। आगामी २१ फागुनमा हुने निर्वाचनबाट ती शक्तिलाई जनताले थप दण्डित गर्ने दाबी पनि उनले गरे।

प्रकाशित मिति : १२ माघ २०८२, सोमबार  ७ : २३ बजे

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।

आचारसंहिता अनुगमन गर्न ७७ वटै जिल्लामा खटाइयो अधिकृत

काठमाडौँ– निर्वाचन आयोगले ७७ वटै जिल्लामा आचारसंहिता अनुगमन अधिकृत खटाएको