ग्रोकमाथि ईयूको अनुसन्धान « Khabarhub

ग्रोकमाथि ईयूको अनुसन्धान


१२ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– युरोपेली सङ्घ (ईयू) ले सोमबार एलन मस्कको स्वामित्वमा रहेको सामाजिक सञ्जाल एक्सविरुद्ध औपचारिक अनुसन्धान सुरु गरेको छ । 

यो अनुसन्धान एक्समा प्रयोग हुँदै आएको एआई च्याटबट ग्रोकले महिला तथा नाबालिगहरूको यौनिक डीपफेक तस्बिरहरू सिर्जना गर्न सक्ने विषयसँग सम्बन्धित रहेको बताइएको छ । अन्तर्राष्ट्रिय स्तरमै आलोचना र चासो बढिरहेको अवस्थामा यो कदम चालिएको हो ।

प्रयोगकर्ताहरूले ‘उनलाई बिकिनीमा राख्नुहोस्’ वा ‘उनको लुगा हटाउनुहोस्’ जस्ता साधारण टेक्स्ट निर्देशनहरू प्रयोग गरेर महिला र बालबालिकाको तस्बिरलाई यौनिक रूपमा रूपान्तरण गर्न सक्ने तथ्य सार्वजनिक भएपछि ग्रोक तीव्र आलोचनाको घेरामा परेको थियो । यसले डिजिटल सुरक्षासम्बन्धी गम्भीर चिन्ता उत्पन्न गरेको छ ।

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनले यस विषयमा कडा धारणा राख्दै भनेकी छन्, “युरोपमा हामी महिला र बालबालिकाको डिजिटल रूपमा अपमान गर्ने यस्ता अकल्पनीय व्यवहारलाई सहन सक्दैनौँ ।” उनले थप स्पष्ट पार्दै भनिन्, “यो विषय अत्यन्त सरल छ—प्रविधि कम्पनीहरूलाई सहमति र बाल संरक्षणका आधारभूत सिद्धान्त उल्लङ्घन गर्न र त्यसबाट मुनाफा कमाउन अनुमति दिइँदैन । अवैध तस्बिरहरूले निम्त्याउने क्षति वास्तविक र गम्भीर छ ।” 

इयुका प्रविधि आयुक्त हेना विर्कुनेनले डिजिटल सर्भिस एक्ट (डिएसए) अन्तर्गत एक्सले आफ्नो कानूनी दायित्व पूरा गरेको छ कि छैन भन्ने कुरा यो अनुसन्धानले स्पष्ट गर्ने बताए। उनका अनुसार इयुमा महिला र बालबालिकाको अधिकार एक्सका सेवाहरूको ‘साइड इफेक्टको (अप्रत्यक्ष) क्षति’ बन्नु हुँदैन ।

ब्रसेल्सले एक्सले इयुभित्र अवैध सामग्रीको प्रसारसँग सम्बन्धित जोखिमहरू—जसमा हेरफेर गरिएका यौन स्पष्ट तस्बिरहरू र बाल यौन दुर्व्यवहार सामग्री हुन सक्ने आशंका गरिएको सामग्री—लाई प्रभावकारी रूपमा कम गरेको छ कि छैन भन्ने विषयमा छानबिन भइरहेको जनाएको छ ।

गैरनाफामूलक निगरानी संस्था सेन्टर फर काउन्टरिङ डिजिटल हेट (सिसिडिएच)ले बिहीबार सार्वजनिक गरेको अनुसन्धानअनुसार ग्रोकले केही दिनमै महिला र बालबालिकासँग सम्बन्धित अनुमानित ३० लाख यौनिक तस्बिरहरू सिर्जना गरेको थियो । यही तथ्यले इयुको चासो झनै गहिरो बनाएको छ ।

नयाँ अनुसन्धानको एक हिस्साका रूपमा इयुले अवैध सामग्री तथा सूचना हेरफेरको प्रसार नियन्त्रण गर्ने उद्देश्यले एक्समाथि पहिलेदेखि चलिरहेको अनुसन्धानको दायरा विस्तार गरिरहेको जनाएको छ । एलन मस्कको यो सामाजिक सञ्जाल प्लेटफर्म, जसलाई पहिले ट्विटरका नामले चिनिन्थ्यो, डिसेम्बर २०२३ देखि नै इयुको डिजिटल सामग्रीसम्बन्धी नियमहरू अन्तर्गत अनुसन्धानको लक्ष्यमा रहँदै आएको छ ।

यसअघि डिसेम्बर महिनामा ब्रसेल्सले डिएसएको पारदर्शितासम्बन्धी दायित्व उल्लङ्घन गरेको ठहर गर्दै एक्सलाई १२ करोड युरो, अर्थात् करिब १४ करोड अमेरिकी डलर जरिवाना गरेको थियो । उक्त निर्णयपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनबाट तीव्र प्रतिक्रिया आएको थियो ।

उल्लङ्घनका आरोपहरूमा प्रमाणित खाताहरूका लागि प्रयोग गरिएको ‘नीलो चेकमार्क’ को कथित रूपमा भ्रामक डिजाइन र अनुसन्धानकर्ताहरूलाई सार्वजनिक डेटामा पहुँच उपलब्ध गराउन असफलता जस्ता विषय समावेश थिए ।

वासिङ्टनको दबाबका बाबजुद इयुले आफ्ना नियमहरू कडाइका साथ लागू गर्ने अडान दोहोर्‍याउँदै आएको छ । युक्रेन युद्ध, व्यापार विवाददेखि ग्रिनल्यान्डसम्बन्धी मुद्दासम्म विभिन्न मोर्चामा ट्रम्प प्रशासनसँग टकरावको अवस्था रहँदा प्रविधि नियमनसम्बन्धी यो विवाद थप चर्किएको देखिन्छ ।

प्रकाशित मिति : १२ माघ २०८२, सोमबार  ७ : २८ बजे

कार्यवाहक प्रमुख निर्वाचन आयुक्तमा डा. तुलाधर

काठमाडौं– निर्वाचन आयोग नेपालको कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी आयुक्त

राष्ट्र बैंकको निर्देशन : निष्क्रिय खाता न्यूनीकरणका लागि कार्ययोजना बनाएर लागू गर्नुपर्ने

काठमाडौं- नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निष्क्रिय खाताको सङ्ख्या

ठमेलले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाएको छ : मन्त्री श्रेष्ठ

काठमाडौं-  बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले पर्यटकीय क्षेत्र ठमेलले

आफूविरुद्ध हत्या आह्वान भएको दाबी गर्दै ट्रम्पको इरानलाई कडा चेतावनी

दुबई- संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयातोल्लाह

सिनामङ्गल–बानेश्वर क्षेत्रमा वाग्मती सफाइ, दुई मेट्रिक टन नकुहिने फोहर व्यवस्थापन

काठमाडौं- ‘राष्ट्रका लागि हप्ताको दुई घन्टा स्वयंसेवा’ भन्ने नारासहित सञ्चालन हुँदै