आज २०८२ साल फागुन १४ गते बिहीबारको राशिफल « Khabarhub

आज २०८२ साल फागुन १४ गते बिहीबारको राशिफल


१४ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल फागुन १४ गते बिहीबार फागुन शुक्ल पक्षको दशमी तिथि। तदनुसार सन् २०२६ फेब्रुअरी २६ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेश:

मेष :  दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। सामाजिक क्षेत्रमा मान र प्रतिष्ठा बढ्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ। आज सहकार्यमा गरेको कामबाट फाइदा हुनेछ।

वृष : आम्दानी बढ्ने छ। आज घुमफिरको योजना बन्न सक्छ। बोलीमा सरस्वतीको बास हुनेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। परिवारको साथ लिएर अगाडि बढ्नुपर्ने समय छ।

मिथुन : रमाइलो यात्राले दिन सहज बन्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। विपक्षी साथी सक्रिय रहेकाले काम गर्दा सचेत बन्नुपर्नेछ। संकटमा प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ।

कर्कट :  पेट सम्बन्धी समस्या बढ्नसक्छ। धेरै काम गरेर थोरै बोल्नुपर्ने समय आएको छ। परिवारमासमेत विरोध हुने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ।

सिंह : परिवारको सल्लाह लिएर अगाडि बढ्नु उचित हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। राजनीतिक क्षेत्रमा भने अवसर प्राप्त हुने योग रहेको छ।

कन्या : व्यापारमा भएको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। राज्यको तर्फबाट भय र त्रास बढ्नेछ। परिवारमा तपाईंको निर्णय कार्यान्वयन नहुने अवस्था छ।

तुला : योजना अनुसार काम बन्नेछ। मिष्ठान्न भोजन हुनेछ। साथीभाइसँगको भेटले नयाँ योजना बन्नेछन्। पारिवारिक मेलमिलाप हुनेछ।

वृश्चिक : मन अशान्त बन्नेछ। पिपललाई दाहिनु पारेर गरेको यात्रा सफल बन्नेछ। बन्धुसँगको सल्लाह अनुसार अगाडि बढेमा दिन सहज बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

धनु : राज्यको माथिल्लो निकायबाट राम्रो साथ र सहयोग प्राप्त हुनेछ। जागिरमा बढुवा हुनेछ। विपक्षी बौद्धिक भएकाले थोरै बोलेर अगाडि बढ्नुपर्ने समय छ।

मकर : सञ्चित धन खर्च हुनेछ। आफन्तबाट धोका हुनसक्ने जोखिम छ। धार्मिक क्षेत्रको लगानी भए फाइदा हुनेछ। धार्मिक र बौद्धिक व्यक्तिसँगको भेटले दिन सहज बन्नेछ।

कुम्भ : योजना सहजै सफल बन्नेछ। साथीसँगको भेटले मन शान्त बन्नेछ। शिक्षामा जोस र जाँगर बढ्नेछ। लगानी गरेको भए फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मीन : सम्पत्ती कमाउने दिन छ। अरुसँग नम्र शैलीमा प्रस्तुत हुनुपर्ने समय छ। प्राविधिक शिक्षामा गरेको प्रयास सफल बन्नेछ। परिवारसँगको सम्बन्ध सहज बन्नेछ।

प्रकाशित मिति : १४ फाल्गुन २०८२, बिहीबार  ५ : ३८ बजे

प्रतिनिधि सभाको अर्को बैठक भोली ११ बजे, अर्थमन्त्रीले जवाफ दिने

काठमाडौं–  प्रतिनिधिसभाको भोलि (मंगलबार) को बैठकमा पनि आगामी आर्थिक वर्षको

अन्तर्राष्ट्रिय आपतकाल घोषित इबोलाको जोखिम नेपालमा कति ?

काठमाडौं- अफ्रिकी मुलुक प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा फैलिएको इबोला भाइरसको नयाँ

ओलीले नै बैठकमा प्रस्ताव गरे : अब पूर्वराष्ट्रपतिको सदस्यता नवीकरण गरिदिऊँ

काठमाडौं- आफूसँग प्रतिस्पर्धा गर्न आउने भएपछि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीप्रति कठोर

प्रतिनिधिसभा : सुकुम्वासी समस्या समाधान गर्ने गरी बजेट ल्याउन माग

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले विसं २०४८ पछि १८ वटा

दुर्घटनाबाट सुरक्षित हुन हेल्मेटको प्रगोगसम्बन्धी कानुन बन्नुपर्नेमा जोड

काठमाडौं– सवारी दुर्घटनाबाट सुरक्षित हुन नियमित रूपमा हेल्मेटको प्रयोग गर्नुपर्ने