एमाले अध्यक्ष ओली आज झापाको कमल गाउँपालिकाका कार्यक्रममा केन्द्रित हुने   « Khabarhub

एमाले अध्यक्ष ओली आज झापाको कमल गाउँपालिकाका कार्यक्रममा केन्द्रित हुने  


१४ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

दमक– फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज पनि झापाका मतदातासँगको भेटघाटलाई निरन्तरता दिने भएका छन् ।

उनले आज झापाको कमल गाउँपालिका अन्तर्गतका विभिन्न स्थानमा पुगेर मतदातासँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

झापा निर्वाचन क्षेत्र नम्बर ५ को नेकपा एमाले निर्वाचन परिचालन समितिका संयोजक देवेन्द्र दाहालका अनुसार बिहीवार दिनभरी कमल गाउँपालिका अन्तर्गतका विभिन्न आठ स्थानमा पुगेर भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।

आज बिहान ११ बजे कमल– ५ को सिम्लेस्थित सिरिजङ्गा चौकमा स्थानीयसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । त्यस्तै साढे १२ बजे सोही वडाको झारबारी स्थित राधाकृष्ण मन्दिरमा पुगेर स्थानीयसँग भेटघाट गर्ने छन् ।

यसैगरी, दिउँसो साढे १ बजे कमल– ३ सानो केर्खा, साढे २ बजे कमल– ४ को भलायोडाँडा, साढे ३ बजे कमल– २ को भुत्लुङमा अध्यक्ष अ‍ोलीले स्थानीयसँग प्रत्यक्ष भेटघाट गर्ने छन् ।

यस्तै, ओलीले सोही वडाको जीवन चौकमा अपराह्न ४ बजे, साढे ४ बजे कमल– ४ र ६ मा पर्ने नयाँ बस्ती, साँझ ५ बजे कमल– ५ को रत्नपुर टोल मंलगबारेमा पुगेर मतदातासँग भेटघाट गरेपछि आजको कार्यक्रम सकिने एमालेले जनाएको छ ।

ओलीले हिजो (बुधबार) गौरीगञ्ज गाउँपालिकाको ११ स्थानमा पुगेर मतदाता तथा स्थानीयसँग भेटघाट गरेका थिए ।

प्रकाशित मिति : १४ फाल्गुन २०८२, बिहीबार  ८ : ०६ बजे

वाग्मती सफाइ : तीन मेट्रिकटन फोहर व्यवस्थापन

काठमाडौं–  ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी : १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता

एजेन्सी– दक्षिण कोरिया को डेइजोन मा रहेको एक अटो पाट्र्स

अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस : छुवाछूत ऐन छ, कार्यान्वयन छैन

काठमाडौं– आज ६१औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस ‘समान हक

जनताद्वारा अभिव्यक्त राष्ट्र निर्माणको दायित्व पूरा गर्न राष्ट्रपतिको आह्वान

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा नागरिक स्वतन्त्रताका लागि भएका आन्दोलनमा

इरान तनावबीच संयुक्त राज्य अमेरिकालाई बेलायतको सैन्य सहयोग

एजेन्सी– बेलायतले संयुक्त राज्य अमेरिकालाई हर्मुज क्षेत्रमा हुने आक्रमणका लागि