दाङका तीन वटा निर्वाचन क्षेत्र जोड्ने सडक पाँचवर्षदेखि अलपत्र « Khabarhub

दाङका तीन वटा निर्वाचन क्षेत्र जोड्ने सडक पाँचवर्षदेखि अलपत्र


१४ फाल्गुन २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

तुलसीपुर– दाङका तीन वटै निर्वाचन जोड्ने तुलसीपुर उपमहानगरपालिका–१४ जितपुरमा पर्ने दामोदर सडकखण्ड पाँच वर्षदेखि कालोपत्र नहुँदा अलपत्र परेको छ ।

घोराही तुलसीपुर–८ भैसापत्रामा क्षेत्र नं २ जोडिन्छ भने घोराही–५ डाँगीगाउँमा क्षेत्र नं १ जोडिन्छ । त्यस्तै, घोराही–८ निर्वाचन क्षेत्र नं २ मा पर्छ भने घोराही–५ निर्वाचन क्षेत्र नं १ मा पर्दछ । तुलसीपुर उपमहानगरपालिका–१४ निर्वाचन क्षेत्र नं ३ मा पर्छ ।

यसरी तीन वटा निर्वाचन क्षेत्रलाई जोड्ने र सोही ठाउँ हुँदै दाङको गौरवको योजनाका रूपमा रहेको दामोदर सडकखण्ड पाँच वर्षदेखि कालोपत्र नहुँदा अलपत्र परेको हो ।

घोराहीबाट बबई गाउँपालिकाको हापुरसम्म जोड्ने उक्त सडकले जोड्ने दामोदर खण्डमा कालोपत्रका लागि ग्राभेल हालेको पाँच वर्षभन्दा बढी भइसके पनि अहिलेसम्म कालोपत्रसहित स्तरोन्नति हुनसकेको छैन ।  

उक्त सडकअन्तर्गत घोराहीको नैनवारसम्म भने कालोपत्र भइरहेको स्थानीय बताउँछन् । यहाँबाट नजिकै पर्ने तुलसीपुर–१४ को जितपुरसहित १८ किलोमिटर क्षेत्रमा कालोपत्र हुन नसकेको स्थानीय नारायण खड्काले बताए। 

‘सोही वडाको बीचमा कालोपत्र नभएर तुलसीपु–११ को उरहरीतर्फबाट काम भएको छ । यसले यहाँका नागरिकलाई आवागमनमा सास्ती हुँदै आएको छ’, उनले भने।

वरिपरि सबै ठाउँमा कालोपत्र भएको बताउँदै तुलसीपुर उपमहानगरपालिका–१४ जितपुर क्षेत्रमा सडक स्तरोन्नति नहुँदा यहाँका स्थानीयले आफूहरू उपेक्षामा परेको बताउने गरेका खड्काले उल्लेख गरे। 

दामोदर सडकलाई पश्चिम दाङ जोड्ने वैकल्पिक मार्गका रूपमा पनि लिने गरिएको छ । यो सडक निर्माण भएमा स्थानीय उत्पादन सहजै बजारसम्म लैजान सकिने उनले बताए। 
 

प्रकाशित मिति : १४ फाल्गुन २०८२, बिहिबार  १ : ०६ बजे

इजरायलमा सरकार गठनका लागि अरब दल र विपक्षीबीच वार्ता

काठमाडौँ – इजरायलमा संसदीय निर्वाचनपछि वैकल्पिक सरकार गठन गर्ने विषयमा अरब

पशुपति क्षेत्र विकास कोषका दीर्घसेवी कर्मचारी आन्दोलित

काठमाडौँ – नयाँ नियमावलीमार्फत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया अघि

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई लिएर हवाई सुरक्षा सतर्कता

काठमाडौँ – भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश

स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

 काठमाडौँ  – सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम