गगनले भने : हिजो माओवादीले मान्छे मारिरहँदा नक्कली शरणार्थी बनेर मस्ती मार्नेहरूलाई नपत्याउनू « Khabarhub

गगनले भने : हिजो माओवादीले मान्छे मारिरहँदा नक्कली शरणार्थी बनेर मस्ती मार्नेहरूलाई नपत्याउनू


१४ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले माओवादी युद्धका समयमा नक्कली शरणार्थी बनेर अमेरिका भासिएकाहरूका कुरा नपत्याउन आग्रह गरेका छन् ।

सुर्खेतमा बिहीबार कांग्रेसको कर्णाली प्रदेशस्तरीय चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले यस्तो बताएका हुन् ।

उनले चुनावी एजेन्डा र देशलाई लैजाने दिशाबारे छलफलका लागि सबै दललाई बोलाउँदा पनि कोही नआएको बताए ।

‘आओस् एमाले, आओस् नेपाली कम्युनिष्ट पार्टी र आओस् रास्वपा एउटै मञ्चमा बसेर योजना बनाऊँ भन्दा कोही नआउने’, उनले भने, ‘हिजो कर्णालीमा माओवादीले मान्छे मारिरहेको बेलामा नक्कली शरणार्थीको कागज बनाएर मस्ती मारिरहेकाहरू अहिले यहाँ आएर पाँच वर्षमा केही गर्छु भनेर नाटक गर्नेलाई कर्णालीबासीले नपत्याओस् ।’

सभापति थापाले अब कुनै पनि निहत्था नेपालीको ज्यान जान नहुने र कुनै मुकुन्डोधारीले सिंहदरबार जलाउन पनि नहुने बताए । उनले सम्बोधनका क्रममा भने, ‘सरकारको गोलीबाट कुनै पनि निहत्थाको ज्यान जानु हुँदैन । कुनै पनि मुकुन्डोधारीले सिंहदरबार अब जलाउनु पनि हुँदैन ।’

सभापति थापाले भदौ २३ गतेको आन्दोलनको जिम्मा लिने तर भदौ २४ गतेको विध्वंशको जिम्मा नलिने सोचले भोलि पनि मुलुकलाई दुर्घटना गराउन सक्ने बताए ।

विदेशमा भएकाहरुलाई सम्बोधन गर्दै थापाले भने, ‘सिंगो कांग्रेसको जिम्मा लिएर बोल्दैछु २०४६ सालपछि भएका भनिएका सुनिएका काण्डहरुको छानबिन गर्दै गर्दां मेरै परिवारको कोही रहेछ भने पनि छुट्दैन । पाँच वर्षमा एक जनाले पनि कुनै गलत गर्यो भनेर सुन्न पाउनु हुँदैन ।’

प्रकाशित मिति : १४ फाल्गुन २०८२, बिहीबार  ४ : ३८ बजे

उपराष्ट्रपति यादव र कोशी प्रदेश प्रमुख खापुङबीच भेट

काठमाडौं – उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले आज

विश्वकप सुरु हुनै लाग्दा पसलमा जर्सी किन्नेको घुइँचो (तस्बिरहरू)

काठमाडौं– फुटबलको महाकुम्भ फिफा वर्ल्डकप २०२६ आज जुन ११ देखि

विश्वकपको माहौलमा गोकुल बास्कोटाको कटाक्ष : इटाली त एमाले भइगो

काठमाडौं– विश्वकप फुटबलको रौनक नजिकिँदै जाँदा राजनीतिक नेताहरू पनि आफूले

बजेटमाथि अमरेशकुमार सिंहको कडा टिप्पणी : ‘डरले शासन चल्छ तर विकास सम्भव छैन’

काठमाडौं– प्रतिनिधिसभामा आर्थिक वर्षको बजेटमाथि छलफलका क्रममा सांसद अमरेश कुमार सिंहले सरकारले

पाकिस्तानद्वारा अमेरिका-इरान तनावमा मध्यस्थता प्रयास जारी

इस्लामाबाद–  पाकिस्तान र इरान र संयुक्त राज्य अमेरिका बीच बढ्दो