संविधान पुनरावलोकनदेखि सम्पत्ति छानबिन आयोग गठनसम्म नेकपाको प्रतिबद्धता « Khabarhub

संविधान पुनरावलोकनदेखि सम्पत्ति छानबिन आयोग गठनसम्म नेकपाको प्रतिबद्धता


१४ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन आह्वान गरेको छ । 

बिहीबार पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै नेकपाले लोकतन्त्रको सुदृढीकरण र विकासको यात्रामा अगाडि बढ्न आगामी निर्वाचन निकै महत्त्वपूर्ण भएको भन्दै निर्वाचनलाई सफल बनाउन आह्वान गरेको हो । नेकपाले राष्ट्रिय स्वाधीनता र स्वाभिमानको रक्षाका निम्ति त्यही दृढताका साथ उभिने प्रतिबद्धता समेत जनाएको छ ।

मुलुकको व्यवस्थाविरुद्ध अहिले पनि अनेक प्रकारका षड्यन्त्र भइरहेकाले अहिलेकै प्रणालीमार्फत सबै षड्यन्त्रहरूलाई परास्त गर्दै यसलाई सुदृढ र स्थिर बनाउँदै समाजवादी लोकतन्त्रको रूपमा विकास गर्न चाहेको नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले बताए  । उनले असहज परिस्थितिमा हुन लागेको निर्वाचनलाई सफल पार्नु सबैको दायित्व भएको धारणा राखे । 

प्रचण्डले जेन-जी आन्दोलनका क्रममा युवाहरूलाई निर्ममतापूर्वक ज्यान लिने र दुई तिहाइको अहंकारले भ्रष्टाचारीलाई संरक्षण गर्ने प्रवृत्तिले निर्वाचनका बेला समेत आत्मसमीक्षा गर्न तयार नभएको उल्लेख गरे । 

त्यस्तै जेन-जी आन्दोलनको नैतिक जिम्मेवारी समेत लिन तयार नहुने अर्को प्रवृतिविरुद्ध समेत नेकपा सुरुदेखि नै संघर्षमा रहेको उनले बताए । उनले दुवै गलत प्रवृत्ति अहिले निर्वाचनको प्रक्रियामा समेत रहेकाले नेकपा राष्ट्रको स्वाधीनतालाई रक्षा गर्ने उद्देश्यका साथ निर्वाचनमा होमिएको जिकिर गरे । उनले आसन्न निर्वाचनमा कुनै पनि दलसँग समीकरण नगर्ने स्पष्ट पारे । 

नेकपाले संविधान कार्यान्वयनको गम्भीर समीक्षा एवं पुनरावलोकन गरेर शासकीय स्वरूपलगायत विभिन्न पक्षमा परिमार्जन गर्ने, निर्वाचन प्रणालीलाई परिवर्तन गरेर सरल र कम खर्चिलो बनाउने, एक उच्चस्तरीय सम्पत्ति छानबिन आयोग गठन गरेर आजसम्म सार्वजनिक पद धारण गरेका सबै व्यक्तिको सम्पत्ति छानबिन गर्ने सवालमा प्रतिबद्ध रहेको जनाएको छ । 

प्रकाशित मिति : १४ फाल्गुन २०८२, बिहीबार  ५ : ४८ बजे

कर प्रणालीलाई सरल र पारदर्शी बनाउँदै लगिएको मन्त्री वाग्लेको दाबी

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर प्रणालीलाई सरल र पारदर्शी

इरानद्वारा जोर्डनमा २० वटा मिसाइल प्रहार

काठमाडौं- इरानले जोर्डनतर्फ २० मिसाइल प्रहार गरेको छ । जोर्डनको

ओमान आक्रमणमा तीन भारतीयको मृत्यु

एजेन्सी– ओमान तट नजिक संयुक्त राज्य अमेरिकाले प्रहार गरेको व्यापारिक

विपद् तयारीमा जुट्न गृहमन्त्री गुरुङको निर्देशन

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहन

प्रतिनिधिसभा : सांसदद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरुले समसामयिक विषयमा सदन र सरकारको ध्यानाकर्षण गराउँदै